बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै

सोमबार, २८ पुस २०७६, २२ : १४
सोमबार, २८ पुस २०७६

काठमाडौं । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औँ भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७६ प्रचारप्रसार उपसमितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मूल कार्यक्रम भक्तपुर दरबार क्षेत्रमा आयोजना गरिने जानकारी दिइयो । 

मूल समारोहको कार्यक्रमअन्तर्गत भक्तपुरमा जनचेतनामूलक दुईवटा र्याली हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए । पहिलो र्याली लामगाल पुखु, नवदुर्गा, गछेँ सकोलान् दत्तात्रय, इनाचो गोल्मढी, सुकुलढोका, त्रिपुरासुन्दरी हुँदै भक्तपुर दरबारक्षेत्रमा पुग्नेछ । 

यसैगरी दोस्रो र्याली भाज्या पुखु इनागा भार्वाचो, टेखापुखु, वंशगोपाल, तालाक्व, टौमढी, क्वोछेँ, साकोठा हुँदै भक्तपुर दरबार क्षेत्र पुगेर मूलसमारोहको कार्यक्रममा सहभागी हुनेछ । 

विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजेको भूकम्पको सम्झनामा २०५५ सालदेखि सुरक्षा दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा पुस १५ देखि माघ १५ गतेसम्म नै विभिन्न कार्यक्रमको आयोजना गरी चेतना जगाइने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप