बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बसमा सवार महिलालाई दुर्व्यवहार गर्ने चालक प्रहरी हिरासतमा

सोमबार, २८ पुस २०७६, २३ : २२
सोमबार, २८ पुस २०७६

सार्वजनिक बसमा यात्रा गर्ने महिला यात्रुलाई दुर्व्यवहार गरेको अभियोगमा एक चालक पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा उदयपुर कटारी ५ घर भई हाल भक्तपुर सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाल रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

बा २ ख ९३२४ नम्बरको बसका चालक दाहालले लगनखेलको सडकपेटीमा व्यापार गर्ने ती महिला सामान लिन सोमबार बिहान ५ः४५ बने लगनखेलबाट न्यूरोड जाने क्रममा दुर्व्यवहार गरेका थिए । 

दाहालले महिला बसमा एक्लै भएको मौकामा मोबाइल समेत नियन्त्रणमा लिइ दुर्व्यवहार गरेको उजुरीको आधारमा काठमाडौँको ढल्कुबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 
उनीमाथि सोमबारै जिल्ला प्रशासन कार्यालय ललितपुरबाट दिन ७ को म्याद लिई महानगरीय प्रहरी परिसरको हिरासतमा राखी अनुसन्धान कार्य जारी रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप