बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुखी मानिसहरु ‘चेन स्मोकर’ बन्छन् : अध्ययन

मङ्गलबार, २९ पुस २०७६, १० : २४
मङ्गलबार, २९ पुस २०७६

हार्वर्ड विश्वविद्यालयले भर्खरै एउटा अनुसन्धान गरेको छ । हार्वर्डले उक्त अनुसन्धान उदास र दुखी मानिसहरुमा आधारित भएर गरेको थियो । उक्त अनुसन्धानले धुम्रपान र दुखी मानिसहरुबीचको सम्बन्धको बारेमा अध्ययन गरेको थियो ।

उक्त अनुसन्धानमा उदासी र नकारात्मक भावना भएका मानिसहरुमा धुम्रपान गर्ने बानी हुने पत्ता लागेको छ । उदासी र नकारात्मक भावनालाई मानिसलाई मध्यपान र धुम्रपान गर्न अभिप्रेरित गर्ने अध्ययनले देखाएको छ ।

अनुसन्धानमा संलग्न रहेका अनुसन्धान प्रमुख चाल्र्स ए. डोरिसनले विभिन्न प्रकारका नकारात्मक भावना, रिस, घृणा, तनाव, उदासी, डर र लाजका कारण मानिसमा धुम्रपानको बानी लाग्ने र विस्तारै ‘चेन स्मोकर’ बन्ने बताएका छन् । डोरिसनले प्रोसिडिङ्ग्स अफ द नेशनल एकेडेमी अफ साइन्सलाई दिएको एक अन्तरवार्ताका अनुसार उदास व्यक्तिहरुमा यस्तो लतको विकास हुने गर्छ । 

उक्त अनुसन्धानमा चार प्रकारले अध्ययन गरिएको थियो । जसले राष्ट्रिय जनगणनाको आधारमा २० वर्षभित्रको १०, ६८५ जनाहरुमाथि जाँच गरेको थियो । सहभागीहरुमा धुम्रपानको लत लाग्नुको कारण दुख भएको पाइएको थियो ।

यसैगरी, दोस्रो अनुसन्धानको अनुसार उदास हुनु नै जीवनमा घट्ने नकारात्मक घटना र धुम्रपान गर्ने कारण भएको पाइयो । यस परिक्षणमा ४२५ जना धुम्रपान गर्नेहरुसँग अनलाइन अनुसन्धान गरिएको थियो ।

तेस्रो अनुसन्धानमा, लगभग १५८ जना सहभागी भएका थिए । तिनीहरुको सासमा कार्बनमनोअक्साइड को परिक्षणको लागि धुम्रपानबाट टाढा राखेर उदासीले वास्तविक धुम्रपानको लत कसरी लगाउँछ भन्ने विषयमा अध्ययन गरिएको थियो । 
चौंथो अनुसन्धानमा सहभागी ७०० जनाको धुम्रपानको भिडियो हेरियो र उनीहरुलाई जीवनको अनुभवको बारेमा बुझ्दा जीवनको दुख नै धुम्रपानको कारण भएको बताएका थिए ।

उदासी नै धुम्रपान गर्नुको प्रमुख कारण भएको उक्त अनुसन्धानले निष्कर्ष निकालेको छ । उक्त अनुसन्धानमा संलग्न भएका सहभागीहरुले दुखी हुँदा धुम्रपान गर्न अभिप्रेरित हुने बताएका थिए । साथै, यही कारण नै धेरैमात्रामा धुम्रपान गरेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप