बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्मनिर्माताले विवाहको प्रस्ताव गर्न यस्तो तरिका अपनाएः प्रेमिका मात्रै होइन, करोडौं मानिस जिल खाए

मङ्गलबार, २९ पुस २०७६, १२ : ३३
मङ्गलबार, २९ पुस २०७६

आफ्नो साथीलाई विवाहका लागि प्रस्ताव गर्नु कतिका लागि जीवनको महत्वपूर्ण पलमध्येको एक हुन सक्छन् । बोस्टनका हलिउड फिल्म निर्माता ली लोक्लेरले पनि आफ्नी प्रेमिकालाई विवाहको प्रस्ताव यसरी गरेका छन्, मानौं उनी यसलाई जीवनकै अविस्मरणीय पल बनाउन चाहन्छन् । उनले फिल्म हलमा डिज्नीकी ‘स्लिपिङ ब्यूटी’ फिल्मको एउटा दृश्यलाई रिक्रिएट गरेर प्रस्ताव राखे । उक्त दृश्यमा उनले आफू र प्रेमिकालाई चित्रित गरे ।

हाई स्कूलकी साथी स्तुति डेविडलाई विवाहको प्रस्ताव राख्न ली लोक्लेरले डिसेम्बर ३० मा पूरा फिल्म हल भाडामा लिए । आफ्ना सबै साथी र परिवारका सदस्यलाई आमन्त्रित गरे । फिल्मनिर्माताले स्लिपिङ ब्यूटीको एउटा दृश्यलाई एडिट गरे र फिल्मका वास्तविक पात्र प्रिन्स फ्लिप र अरोराको साटो आफू र स्तुतीलाई राखे । फिल्ममा प्रिन्स फ्लिपले अरोरालाई सुतिरहेका बेला चुम्बन गर्छन् र घुँडा टेकेर बस्छन् ।

सीन रिक्रिएट गर्न ६ महिना लाग्योः

लीले विवाहको प्रस्तावलाई क्यामरामा कैद गर्नका लागि हलमा एउटा हिडन क्यामरा राखेका थिए । यसबाहेक, थिएटरको पर्दा नजिकै पहिलो सिट बुक गरे । उक्त भिडियोलाई उनले ९ जनवरीमा युट्युबमा सेयर गरेका थिए । अहिलेसम्म यो भिडियोलाई ४ करोड बढीले हेरिसकेका छन् । आफूलाई यो फिल्म बनाउन ६ महिनाभन्दा बढी लागेको उनले बताए ।

फ्याँकिएको औंठी समातेर स्तुतीलाई प्रस्तावः

रिक्रिएट एनिमेटेड फिल्ममा राजकुमारले मुस्कानसहित हिराको औंठीको बक्स खोल्छन् र त्यसलाई बन्द गरेर फ्याँक्छन् । त्यतिबेला ली उभिन्छन् र फ्याँकिएको बक्स समात्छन् । त्यसपछि उनी पछाडि फर्किएर स्तुतीलाई प्रस्ताव गर्छन् । उनले स्तुतीलाई सोध्छन्, ‘के तिमी मसँग जीवनभरी खुसी हुन चाहन्छौ ?’ स्तुतीले ‘हुन्छ’ भनेर जवाफ दिन्छिन् । उनले त्यसपछि हाँसेर भन्छिन्, ‘मलाई यो फिल्म हेर्दा केही गडबड भएको जस्तो लागिरहेको थियो, तर यसरी गडबड होला भनेर सोचेकी पनि थिइनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप