शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियममा ‘मिस नेपाल युरोप २०२०’ हुने

मङ्गलबार, २९ पुस २०७६, १४ : १३
मङ्गलबार, २९ पुस २०७६

बेल्जियम । युरोपेली महादेशको राजधानी मानिने मुलुक बेल्जियममा पहिलो पटक नेपाली युवतीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल युरोप २०२०’ को आयोजना हुने भएको छ । ड्रिम्स नेपाल बेल्जियमको आयोजनामा हुन लागेको प्रतियोगिता आगामी २६ जनवरीमा बेल्जिमयको लोवेन सहरमा आयोजना हुने भएको छ ।

प्रतियोगिताका लागि  विभिन्न देशहरुमा केही पहिले अडिसन भएको थियो । जसबाट १२ प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिएका हुन् ।  ड्रिम्स नेपालकी संस्थापक तथा एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक योगिता थापाका अनुसार बेल्जियमबाट मिला नेपाली, लुना श्रेष्ठ, सविना नेपाली र ज्योति भट्ट लगायत आयरल्यान्डबाट सङ्गीता थापा, अस्ट्रियाबाट सुशीला बोहरा, फिनल्यान्डबाट निरुषा खत्री, स्विट्जरल्यान्डबाट रोजमेरी भोटिया, नर्वेबाट श्रद्धा थापा, जर्मनीबाट आश्मा घिमिरे तथा सामु पराजुली र फ्रान्सबाट श्रीया भण्डारी फाइनलका लागि छानिएका छन् । 

प्रतियोगिताको अन्तिम स्पर्धाका बिजेताले शीर्ष उपाधि, नगद पुरस्कारका विभिन्न उपहारसमेत हात पार्नेछन् । विभिन्न शीर्षकमा उपविजेतासमेत छानिने प्रतियोगिताको शीर्ष विजेताले मिस नेपाल २०२० मा सीधै प्रवेश पाउने छन् । प्रतियोगिताको कोरियोग्राफर पूर्वमिस नेपाल सुगारिका केसी रहेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप