शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मापदण्ड विपरितका क्रसर उद्योग बन्द गर्न जिससको निर्देशन

मङ्गलबार, २९ पुस २०७६, १६ : ००
मङ्गलबार, २९ पुस २०७६

जनकपुर । मापदण्ड विपरित सञ्चालन हुँदै आएका क्रसर उद्योगहरु बन्द गर्न जिल्ला समन्वय समिति धनुषाले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

मंगलबार जिसस धनुषाको नदीजन्य तथा ढुंगा, गिट्टी, बालुवा, खानीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री सम्बन्धी अनुगमन तथा समन्वय समितिको बैठकले ७ बुँदे निर्णय गरेको हो ।

जिसस धनुषामा बसेको बैठकले विगतका मापदण्ड अनुसार दर्ता भएका र राजश्व समेत बुझाएका तर नविकरण हुन बाँकी र हाल रित नपुगेका क्रसर तथा प्रशोधन उद्योगलाई बन्द गर्न निर्देशन दिने निर्णय गरेको उपसभापति दिपक झाले जानकारी दिए ।

उनले विगतमा दर्ता भएका, आन्तरिक राजश्व कार्यालयमा नियमित कर बुझाउँदै आएका तर हालको मापदण्ड अनुसार अन्यत्र सार्नुपर्ने अवस्थाको क्रसर एवं प्रशोधन उद्योगलाई मापदण्ड पुग्ने स्थानमा तत्काल सार्न सूचित गरिने र त्यहाँको पदार्थको परिमाण र किसिम खुल्ने गरी लागत राख्न लगाउने निर्णय भएको जनाए ।

त्यस्तै, हालसम्म घरेलु तथा साना उद्योग कार्यालयले दर्ता गरेको नदीजन्य, खानीजन्य बालुवा प्रशोधन तथा क्रसर उद्योगको तथ्यांक समेत यथाशीघ्र जिल्ला समन्वय समिति धनुषाको कार्यालयमा पेस गर्न निर्देशन दिएको उनले जनाए ।

अब नयाँ क्रशर उद्योग दर्ता गर्नुपूर्व घरेलु तथा साना उद्योग कार्यालयले जिल्ला अनुगमन समितिको स्थलगत अनुगमन पश्चात मात्र दर्ता प्रक्रिया अगाडि बढाउन समन्वय समितिले आग्रह गरेको छ ।

गत शुक्रबार अवैध क्रसर उद्योग सञ्चालकहरुको मिलोमतोमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ मा अवैध उत्खनन् कार्यको विरोध गर्दै आएका २४ वर्षीय दिलिप कुमार महतोको हत्या भएको थियो । हत्यापछि सम्बन्धित निकायहरु अवैध क्रसर उद्योग नियन्त्रणमा सक्रिय भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप