बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोर्चुगलमा समुन्द्रमा डुबेर नेपाली दाजुभाइको मृत्यु

मङ्गलबार, २९ पुस २०७६, १८ : ४२
मङ्गलबार, २९ पुस २०७६

लिस्बन । समुन्द्री किनारमा माछा मार्न जाँदा  छालले बगाएर पोर्चुगलमा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ रहेका छन् ।  

पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

दुबै शवको अन्त्यष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भई नसकेको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप