शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पेस्तोलसहित २ जना पक्राउ

मङ्गलबार, २९ पुस २०७६, २० : ३८
मङ्गलबार, २९ पुस २०७६

धनुषा  प्रहरीले स्वचालित पेस्तोल सहित २ जनालाई मंगलबार पक्राउ गरेको छ। 

 पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय दिपेश महतो र सोही गाउँका १९ वर्षीय शुभकेश महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हतियार बोकेर हिँडेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले दिपेशलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अशोक झाले जनाए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप