शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दै, वर्षा र हिमपातको सम्भावना

बुधबार, ०१ माघ २०७६, ०८ : ०३
बुधबार, ०१ माघ २०७६

काठमाडौँ । बुधबार साँझ पश्चिमी न्यून चापीय प्रणालीट नेपाल प्रवेश गर्दैछ । यस प्रणालीका कारण बुधबार राती देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । साथै  उच्च पहाडी तथा हिमाली भू–भागका थोरै  स्थानहरुमा हल्का हिमपात को सम्भावना रहेको छ ।

यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुनुका साथै थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ ।

साथै, मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र सोहि भू–भागका १–२ स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको छ । देशको पूर्वी भू–भागमा बिहीवार आंशिक देखि सामान्य बदलि भई १–२ स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसमको अवस्था :

देशको तराई भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागिरहेको छ साथै मध्य तथा पश्चिमी पहाडी भू-भागका केहि स्थानमा सामान्य हुस्सु/कुहिरो लागिरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ १ गते (बुधबार) 

दिउँसो : देशको पुर्वी तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः  पश्चिमी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा हल्का  हिमपातको सम्भावना रहेको छ ।

माघ २ गते (बिहिबार) 

दिउँसो : देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य बदली भई पुर्वी भू्-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पश्चिमी  भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै पश्चिमी तथा मध्य  उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

रातीः  देशको मध्य तथा पश्चिमी भू-भागमा सामान्य देखि पुर्ण बदली रही पुर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा साथै पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।मध्य तथा पश्चिमी उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ।
माघ ३ गते (शुक्रबार) 

दिउँसो : देशको मध्य तथा पुर्वी भू-भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।उच्च पहाडी/हिमाली भेगका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।मध्य तथा पुर्वी उच्च पहाडी/हिमाली भेगका केहि स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको छ।

रातीः  देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षा साथै उच्च पहाडी/हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप