शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्राविधिक प्रहरी जवान पदमा भर्ना खुल्यो (सूचनासहित)

बुधबार, ०१ माघ २०७६, ०८ : ३१
बुधबार, ०१ माघ २०७६

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा भर्ना खुलेको छ । 

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै उच्छुक र योग्य उम्मेदवारलाई माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सूचीत गरेको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरिङ, केनाइन, हातहतियार, स्वास्थ्य, विज्ञान प्रविधि र संगीत उपसमूहमा दरखास्त आह्वान भएको हो । पदपूर्ति समावेशी प्रावधानअनुसार गरिने सूचनामा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप