चीनबाट भएको हो किताबको प्रचलन
धेरै वर्षअघि मानिससँग लेख्ने साधनहरु केही थिएनन् । त्यही कारण उनीहरु ढुंगा र काठहरुमा लेख्ने गर्थे । करिब चार हजार वर्ष पहिले प्राचीन इजिप्टका मानिसहरुले लेख्न सकिने साधानको आविष्कार गरे । उनीहरुले प्यापिरस (Papyrus) नामक विरुवाको काठलाई काटेर समथर बनाउथे । अनि त्यसलाई सुकाएर त्यसमा लेख्ने काम गर्थे । कागजको आविष्कार भने सन् १०५ मा चीनका साई लुन नाम गरेका व्यक्तिले गरेका थिए । मसीको आविष्कार पनि चीनमा नै भएको विश्वास गरिन्छ ।
कागजको आविष्कार त्यति अगाडि भएपनि किताब भने आठौं शताब्दीतिर मात्र छापियो । चीन र कोरियामा आठौं शताब्दीतिर पहिलो पटक किताब छापिएको थियो । त्यति बेला किताब बताउन कागजमा नभएर भेडा र बाख्राको छाला प्रयोग गरिन्थ्यो । ती जनावरका छालालाई सुकाएर काठको मद्दतले लेख्ने गरिन्थ्यो । त्यसरी लेखिएको छालालाई एकै आकारमा काटी किताब बनाइन्थ्यो ।
कागज र मसीको आविष्कार भएको चीनमा नै पहिलो पटक सन् १०५० मा काठको छापाखाना बनेको थियो । फलामको छापाखाना को आविष्कार चाहिँ कोरियामा भएको थियो । किताबको प्रचलन युरोपसम्म आउन निक्कै समय लागेको थियो । करीब सन् १४५० को दशकमा मात्र प्रथम पटक जर्मनीमा किताब छापिएको थियो ।
आजभोलि प्रचार प्रसारले गर्दा मानिसहरु यूरोपमा पहिलो पटक किताब छापिएको, छापाखाना यूरोपमा नै बनेको कुरा गर्ने गर्छन् । तर इतिहास पल्टाउने हो भने, त्यो गलत हो । छापाखानाको आविष्कार र किताबको छपाइको शुरुवात चीनमा भएको थियो ।
स्रोतः Know About Science and technology
Title Poto: प्यापिरसामा छापिएका अक्षर । https://study.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा तीन जना मृत फेला
-
नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने