शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोट्टनहाम एफए कपको चौथो चरणमा

बुधबार, ०१ माघ २०७६, ०९ : ४३
बुधबार, ०१ माघ २०७६

टोट्टनहाम एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा टोट्टनहामले च्याम्पियनसिप क्लब मिडिल्सब्रोगलाई २–१ गेलले हरायो ।

टोट्टनहामले रिप्ले खेलमा आएर बाजी मारेको हो । यसअघिको खेल बराबरीमा सकिएकोले रिप्ले खेलाइएको थियो ।

टोट्टनहामले खेलको दोस्रो मिनेटमै सुरुवाती अग्रता लिएको थियो । जियोभानी लो सेल्सोले पहिलो गोल गरे । १५औं मिनेटमा इरिक लामेलाले गोलगर्दै टोट्टनहामको अग्रता दोब्बर बनाए । मिडिल्सब्रोगका जर्ज सेभिल्लेले ८३औ मिनेटमा गोलगर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा टोट्टनहाम विजयी भयो ।

अन्य खेलमा न्युक्यासल युनाइटेडले रोचडालेलाई ४–१, रिडिङले ब्ल्याकपुललाई २–०, कनभेन्ट्री सिटीले ब्रिस्टोल रोभर्सलाई ३–० र श्रेस्वरी टाउनले ब्रिस्टोल सिटीलाई १–० गोलले पराजित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप