शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कश्मीरमा आतङ्कवादीसँगै पक्राउ परेका प्रहरी अधिकारीको सम्बन्ध २००१ को संसद आक्रमणसँग जोडिएको छ ?

बुधबार, ०१ माघ २०७६, ११ : ३४
बुधबार, ०१ माघ २०७६

एजेन्सी । बितेको शनिबार जम्मू कश्मीर प्रहरीका एक अधिकारी दुई आतकंवादीको साथमा श्रीनगर–जम्मू राजमार्गमा पक्राउ परे ।

उनी दिल्ली जाँदै गरेको बताइन्छ । राष्ट्रपति पदकबाट सम्मानित दविन्दर सिंह प्रति–आतङ्कवादी अभियानसँग जोडिएको प्रहरी अधिकारी हुन् ।

उनी पक्राउ परेको समयमा जम्मू कश्मीर प्रहरीको एन्टी–हाईज्याकिङ इकाईसँग काम गरिरहेका थिए । उनी श्रीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ थिए ।

शनिबार सिंहलाई कुलगाम जिल्लाको वानपोहमा हिजबुल्ला मुजाहिद्दीन ‘उग्रवादी’ नवीद बाबूसँग पक्राउ गरिएको थियो ।

बाबूको आरोपछि कि उनी पछिल्लो वर्ष अक्टोबर र नोभेम्बरमा दक्षिण कश्मीरमा ट्रक चालक र श्रमिकसहित ११ बाह्य श्रमिकको हत्यामा संलग्न थिए ।

जुन दुई विद्रोहीसँग सिंह पक्राउ परेका छन्, ती ‘मोस्ट वान्टेड’ थिए । सिंह विद्रोहीसँग पक्राउ परेपछि सन् २००१ को संसद आक्रमण पुनः चर्चामा आएको छ । त्यस आक्रमणसम्बन्धमा पक्राउ परेका एक आरोपीले दविन्दरको नाम लिएका थिए ।

इण्डियन एक्सप्रेसको समाचार अनुसार संसद आक्रमणको आरोपी अफजल गुरुले सन् २००४ मा आफ्ना वकिल सुशिल कुमारलाई लेखेको पत्रमा लेखिएको छ, ‘त्यो समय हुमहमा जम्मू कश्मीर प्रहरीका स्पेशल अपरेसन ग्रुपमा तैनाथ डिसीपी दविन्दर सिंहले उनलाई मोहम्मद नामका एक पाकिस्तानी नागरिकलाई दिल्ली लान, त्यहाँ भाडाको फ्लाट मिलाइदिन र गाडी खरिद गर्न भनेका थिए ।’

अफजलले एक थप प्रहरी अधिकारी शैन्टी सिंहको पनि नाम लिएका थिए । उनका अनुसार, शैन्टी सिंहले दविन्दर सिंहसँग उनलाई हुमहमा एसटीएफ क्याम्पमा कथित हिसाबमा प्रताडित गरेका थिए ।

अफजलले अल्ताफ हुसेनको नाम पनि उल्लेख गरेका थिए, जो बडगामका एसएसपी अशाक हुसेन(बुखारी)को बहिनी–ज्वाई थिए र उनले पहिलो पटक उसको रिहाइलाई लिएर दविन्दर सिंहसँग ‘कुराकानी गरेका थिए’ र पछि ‘सिंहकहाँ भेटाएका पनि थिए ।’

अफजल गुरु संसद आक्रमणको मामिलामा दोषी पाएका थिए र उसलाई सन् २०१३ फेब्रुअरी ९ मा फाँसी दिइएको थियो ।

तर अफजलले नाम उल्लेख गरे पनि संसद आक्रमणसम्बन्धमा दिवन्दर सिंहको संदिग्ध भूमिकालाई लिएर कुनै जाँच भएन ।

सोमबार कश्मीरका आईजी विजय कुमार सिंहसँग यसबारेमा प्रश्न गर्दा उनले भनेका थिए, ‘हाम्रो रेकर्डमा यस्तो केही छैन । न यसबारेमा केही थाहा छ ... हामी यसबारेमा हामी खोज गर्नेछौं ।’

यसअघि विजय कुमारले पत्रकार सम्मेलनमा दविन्दर सिंहमाथि बाँकी विद्रोहीलाई जस्तै व्यवहार गरिने बताएका थिए ।

जम्मू कश्मीरमा तैनाथ प्रहरीका एक शीर्ष अधिकारीले यस घटनाबारे भने, ‘दविन्दरले अन्ततः पापको फल पाएका छन् । उनी आफ्नो कर्मको सजाय पाउनेछन् ।’

इण्डियन एक्सप्रेससँग बोल्ने क्रममा ती अधिकारीले भने, ‘दविन्दर सिंहसँग धेरै प्रश्न सोधिनेछ । उनले ती दुई आतङ्कवादीलाई कहाँ लादै थिए ? उनको योजना के थियो ? अब दविन्दर र उनले विगतमा गरेका अपरेसन सबै सन्देहको घेरामा परेका छन् ।’

यी अधिकारीका अनुसार संसद भवन आक्रमणमा शैन्टी सिंहको भूमिकामाथि पनि प्रश्न उठाइदैछ तथापि त्यसबारेमा थप केही बाहिर आएको छैन ।

तर उनलाई सन् २००३ मा एक जाली इन्काउन्टरको घटनामा जेल सजाय भएको छ ।

जम्मू–कश्मीर प्रहरीको अपराध शाखाका अनुसार शैन्टीले ‘शोलीपोरा, पाखरपोरका सर्वसाधरण नागरिक अयूब डारलाई प्रहरी हिरासतमा प्रताडित गरेको र उमाथि गोली हानेको पाइएको छ । यसपछि उसलाई एक आतकंवादी बताउदै उसको इन्काउन्टरमा हत्या गरिएको थियो ।’

राज्यको मानवाधिकार आयोगको आदेशमा अपराध शाखाले उच्च जाँच गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप