शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्भयाः परिवारलाई अन्तिम पटक भेट्दैछन् चारै दोषी

बुधबार, ०१ माघ २०७६, १२ : ४१
बुधबार, ०१ माघ २०७६

निर्भया सामूहिक बलात्कार काण्डका चारैजना दोषीलाई फाँसी दिनुअघि आफ्नो परिवारलाई कहिले भेट्न चाहन्छौ भनेर तिहाड जेलका अधिकारीले सोधेका छन् ।

टाइम्स अफ इन्डियाले जेल स्रोतलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा २० जनवरी अर्थात् फाँसी दिइनु दुई दिन अघि दोषीलाई कसैसँग  भेट्ने अनुमती नभएको जानकारी दिएको छ ।

जेलका अधिकारीले भने, ‘मिति निश्चित भएपछि चारैजनालाई पालैपालो आफ्नो परिवारका सदस्यसँग भेट्न दिइनेछ ।’

चारै दोषी मुकेश कुमार, अक्षय सिंह, विनय शर्मा र पवन गुप्तालाई फाँसी दिनुअघि आफ्ना परिवारलाई भेट्न अनुमती दिइनेछ । जेलका अधिकारीका अनुसार उनीहरुले फाँसी दिनुअघि जेलभित्र काम गरेर कमाएको पैसाको पनि हिसाब गर्नेछन् । यो पैसा उनीहरुको परिवारलाई पनि दिइनेछ ।

अक्षय सिंहले जेलभित्र काम गरेर ६९ हजार भारु, विनय शर्माले ३९ हजार र पवन गुप्ताले २९ हजार रुपैयाँ कमाएका छन् । मुकेश कुमारले जेलभित्र काम गर्न अस्विकार गरेका थिए ।

अदालतले विनय शर्मा र मुकेश कुमारको क्यूरिटिव पिटिशन खारेज गरिसकेको छ । तिहाड जेलका एक वरिष्ठ अधिकारीका अनुसार क्यूरिटिव पिटिशन खारेज भएपछि विनय शर्माका पिता उनलाई भेट्न आएका थिए र बुवासँगको कुराकानीको क्रममा विनय थुप्रै पटक रोएका थिए ।

१६ डिसेम्बर २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कारका चारै दोषीलाई मृत्युदण्डको सजाय तोकिएको छ । पटियाला हाउस अदालतले फाँसीका लागि २२ जनवरी २०२० मा बिहानको सात बजेको समय निश्चित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप