शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्टोक्स बने आईसीसी वर्ष खेलाडी

बुधबार, ०१ माघ २०७६, १२ : ५७
बुधबार, ०१ माघ २०७६

काठमाडौँ । इङ्ल्याण्डका अल राउन्डर बेन स्टोक्सले आईसीसी वर्ष खेलाडी बन्दै प्रतिष्ठित सर गार्फिल्ड सोबर्स ट्रफी हात पारेका छन् ।

गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका स्टोक्सले इङ्ल्याण्डलाई पहिलो विश्वकप दिलाउन प्रमुख भूमिका खेलेका थिए । फाइनलमा स्टोक्सले ८४ रन बनाएपछि इङ्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गरेको थियो ।

भोटिङ अवधिका दौरान २० एकदिवसीय खेलमा स्टोक्सले ७ सय १९ रन बनाउनका साथै १२ विकेट लिए । त्यस्तै, ११ टेस्टमा उनले ८२१ रन बनाउँदै २२ विकेट लिए । यसमा एसेज सिरिजका दौरान रोमाञ्चक खेलमा उनले लिड्समा बनाएको १ सय ३५ रन पनि सामेल छ ।

उता, अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स वर्षको उत्कृष्ट टेस्ट खेलाडी चुनिए भने भारतका ओपनर रोहित शर्मा वर्षको उत्कृष्ट एकदिवसीय खेलाडी चुनिए ।

भारतीय बलर दीपक चहार टी–२० पर्फमेन्स अफ द इयर चुनिए भने अस्ट्रेलियाका मार्कस लाबुसेनले उदयमान खेलाडीको उपाधि हात पारे । स्कटल्याण्डका कायल कोएटजरले वर्षको उत्कृष्ट एसोसिएट क्रिकेटरको उपाधि जिते ।

गत वर्ष वर्ष खेलाडी, टेस्ट खेलाडी र एकदिवसइ खेलाडीको उपाधिमा क्लिन स्वीप गरेका भारतका कप्तान विराट कोहलीले स्पीरिट अफ क्रिकेट अवार्ड हात पारे । उनले प्रतिबन्धपछि मैदान फर्किएका अस्ट्रेलियाका पूर्व कप्तान स्टीभ स्मिथलाई गिज्याउने भारतीय समर्थकहरुलाई रोकेका थिए ।

उत्कृष्ट अम्पायरका लागि डेभिड सेफर्ड ट्रफी रिचर्ड इलिङवर्थले हात पारे ।

वर्षको आईसीसी टेस्ट टोलीः

मयङ्क अग्रवाल, टम ल्याथम, मार्कस लाबुसेन, विराट कोहली (कप्तान), स्टीभ स्मिथ, बेन स्टोक्स, बीजे वाटलिङ (विकेटकिपर), प्याट कमिन्स, मिचेल स्टार्क, निल वाग्नर, नाथन लियोन ।

वर्षको एकदिवसीय टोलीः

रोहित शर्मा, साइ होप, विराट कोहली (कप्तान), बाबर आजम, केन विलियमसन, बेन स्टोक्स, जोस बटलर (विकेटकिपर), मिचेल स्टार्क, ट्रेन्ट बोल्ट, मोहमद शामी, कूलदीप यादव ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप