शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोटी अस्पताललाई सुविधा सम्पन्न बनाइनेछ: मुख्यमन्त्री भट्ट

बुधबार, ०१ माघ २०७६, १३ : १०
बुधबार, ०१ माघ २०७६

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुदूरपश्चिमको सुविधा सम्पन्न अस्पताल बनाइने जानकारी दिएका छन् ।  जिल्ला अस्पताल डोटीको आज निरीक्षण भ्रमण गर्दै उनले जिल्ला अस्पतालमा नयाँ उपकरणको विस्तार गरी सुविधा सम्पन्न बनाउने प्रदेश सरकारको तयारी रहेको बताए । 

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्ला अस्पताल चिकित्सक दरबन्दी थप गर्ने जानकारी दिए । पछिल्लो समयमा स्वास्थ्य संस्थाहरुमा कूल दरबन्दीको १३ प्रतिशत अभाव रहेका छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाका नौ स्थानीय तहका ५९ स्वास्थ्य संस्थामा कूल ३०८ दरबन्दीमध्ये हाल २६७ मात्रै पदपूर्ति रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप