शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीको विकासका लागि अष्ट्रेलियामा अन्र्तक्रिया

बिहीबार, ०८ भदौ २०७४, ११ : ०९
बिहीबार, ०८ भदौ २०७४

अस्ट्रेलिया–साउथ अष्ट्रेलियाको राजधानी एडिलेडमा लुम्बिनीको विकासका लागि बृहद छलफल भएको छ । बुधबार भएको कार्यक्रममा लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्वसंयोजक इन्जिनियर रामकुमार श्रेष्ठले लुम्बिनीबारे बहुआयामिक प्रस्तुति दिएका थिए । कार्यक्रममा अस्ट्रेलियाका लागि अबैतनिक नेपाली महाबाणिज्यदूत दिपक धमला, एनआरएनए आइसीसी सदस्य गोकुल घिमिरे, एनआरएनए साउथ अस्ट्रेलिया संयोजक अशोक केसी, एनआरएनए साउथ अस्ट्रेलिया निबर्तमान अस्ट्रेलिया उपाध्यक्ष नबिन कंडेल, एनआरएनए अस्ट्रेलिया केन्द्रिय सदस्य नबिन पन्त, समाजसेवीहरु डा पंकज पौडेल, राजु उपाध्याय, कपिल पाण्डे आदिको उपस्थिति थियो ।
कार्यक्रममा इन्जिनियर श्रेष्ठले लुम्बिनीको विकासका लागि राष्ट्रसंघमार्फत दुई गुरुयोजना तयार भैसकेको चर्चा गर्दै ति गुरुयोजनाअनुसार  लुम्बिनीको बिकास भए वार्षिक डेढ अर्ब डलरभन्दा बढी आम्दानी गर्न सकिने बताए । उनले जसले देश बिकासमा कायापलट गर्न सक्ने समेत बताए । 
सहभागिहरुबीच प्रश्नोत्तर र छलफलपछि अभियानको उद्धेश्य प्राप्तीमा सहयोग हुने केही ठोस काम गर्न एडिलेडमा प्रयास गरिने प्रतिबद्धता जनाएका थिए ।             
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप