शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा’

बुधबार, ०१ माघ २०७६, १३ : ३१
बुधबार, ०१ माघ २०७६

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको बताएका छन् । 

विज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको बताउँदै ज्ञवालीले यो गौरवपूर्ण परम्परा र सम्पदा भएको बताएका हुन् । 

 राष्ट्रिय योग दिवसका अवसरमा राजधानीमा भएको एक कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र धेरै महत्वपूर्ण सम्पदा तथा ज्ञानहरु हस्तान्तरण गरेर गएको बताए । 

 ‘आधुनिक विज्ञान, प्रविधि नभएको बेला, आधुनिक मेडिकल विज्ञानको विकास भएको थिएन । जतिबेला डाइन्गोष्टिक र ट्रिटमेण्डका लागि अहिलेजस्तो सहज सुलभ प्रविधिहरु थिएनन् । हाम्रा अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र अरु धेरै महत्वपूर्ण सम्पदा र ज्ञानहरु हस्तान्तरण गरेर गए’, उनले भने, ‘विभिन्न किसिमका तनावलाई ध्यानले कम गर्न सक्छ । प्रभावकारी छ । यो गौरवपूर्ण धरोहरुलाई विद्यालय शिक्षासँगै जोडेर जीवनको अभिन्न अंग बनाउनुपर्छ ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले योगको माध्यमबाट मान्छेमा सकारात्मक भावनाको विकास हुने बताए । विश्वमा एकदिनमा दुर्घटनाबाट ८ जना र १६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्यकले देखाएको बताउँदै उनले योग शिक्षाको माध्यमबाट यसलाई रोक्न सकिने उनले बताए । ‘मान्छेमा योगको माध्यमबाट सकारात्मक भावनाको विकास गर्न सकियो भने आत्महत्या जस्ता घटनाहरु न्यूनीकरण गर्न सकिन्छ’, ढकालले भने । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले योगलाई औषधि र उपचारको अर्थमा मात्रै नभएर जीवन पद्धतिको रुपमा बुझ्नुपर्ने बताए । 

योग दिवसका अवशरमा एक दिन कार्यक्रम गरेर मात्रै नहुने बताउँदे उहाँले यसलाई जनजनमा पु¥याउन अभियान नै चलाउनुपर्ने बताए । 

स्वामी आनन्द अरुणले विश्वमा राजनीतिक र धर्मका कारण झगडाहरु हुने गरेको उल्लेख गर्दै योग र साधनाको माध्यमबाट विश्वालाई एकतावद्ध गर्न सकिने बताए । 

राष्ट्रिय एकताः योगको सान्दर्भिकता नारा सहित बुधबार योग दिवस मनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राललयको आयोजनामा दिवस मनाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप