शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दराजका लागि २०१९ सफल वर्ष, २००% ग्राहक र अर्डरमा २७०%को बृद्धि

बुधबार, ०१ माघ २०७६, १९ : १६
बुधबार, ०१ माघ २०७६

काठमाडौँ– सन् २०१२ मा स्थापना भएको नेपालको अग्रणी अनलाइन बजार दाराजले अनलाइन उद्योगमा आफ्नो छाप छोड्दै आएको छ । २०१८ मा अलिबाबाले दाराज अधिग्रहण गरेको हो, र हाल दाराज पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा कार्यरत छ । 

सन् २०१८ मा दराज एप को व्यापक रिडिजाइन र २०१९ का थप सुधार तथा विकाशहरूमार्फत, दाराजले आफ्नो ग्राहकहरुको संख्यामा वृद्धि भएको जनाएको छ । सन् २०१८ देखि कम्पनीले ग्राहक तथा विक्रेता संख्यामा २००% र अर्डरहरुमा २७०% को बृद्धि गरेको छ । 

नतिजा स्वरूप, दाराजले २०१९ मा धेरै सफल अभियानहरू आयोजना गर्यो । २०१९ मा भएको दाराज ११.११ को दोस्रो संस्करण ले नै एक्लै ३.५ लाख भन्दा बढी प्रयोगकर्ताहरू दर्ता गरेको थियो जुन २०१८ को ११.११ को तुलनामा दुइ गुना को बढत हो ।

२०१९ मा धेरै नयाँ अपग्रेडहरू पेश गरिएको थियो जस्तै डेबिट र क्रेडिट कार्डद्वारा भुक्तानी, सुध्रिढ रिभ्यू र रेटिङ्ग प्रणालीका साथ वास्तविक समयमा विक्रेतासँग प्रत्यक्ष कुराकानी गर्न मिल्ने इन्स्ट्न्ट मेसेजिंग सुविधा, गेमहरूलगायत ल्याएको थियो ।

दराजले आफ्नो पूर्वाधार र स्रोतहरूमा भारी लगानी गर्दै दराज एक्स्प्रेस (डेक्स) नामक आफ्नो लजिस्टिक्स इकाई पनि स्थापना गर्यो । साथै, ३०० भन्दा बढी कर्मचारीहरू पनि थप गरेको छ । २०१९ मा सामसङ, क्यासियो, एडिडास, टाइटन, सियाउमी, सोनम गियर्स, टीभीएस, आदि जस्ता विभिन्न ब्राण्डहरु पनि दाराजसँगै सामेल भए ।

दाराज एपले दैनिक १ लाख भन्दा बढी प्रयोगकर्ताहरू होस्ट गर्दछ र हरेक महिना १.६ लाख प्याकेजहरू सम्पूर्ण नेपालभर वितरण गर्दछ । नेपालमा मात्र दराजले ३००० भन्दा बढी विक्रेताहरुका साथ लाखौं उत्पादनहरू हजारौ ग्राहकहरूसम्म पुराउने गर्छ । 

कम्पनीले २०२० मा अझै धेरै दराज प्रयोगकर्ता र विक्रेताहरू संलग्न गर्ने उद्देश्य राखेको छ । यसका लागि कम्पनीले लजिस्टिक इकोसिस्टमलाई सुधार्ने तथा देशभरी नेटवर्क बढाई देश भरिका विक्रेताहरुले दराजमा व्यापार गर्ने मौका दिने र डेलिभरी लोकेसनहरु थप्ने जनाएको छ । दराजले २०२० मा आफ्ना ग्राहकहरूको लागि डिजिटल वालेट र अधिक मनोरञ्जन सुविधाहरू प्रस्तुत गर्ने बताएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप