देव विकास बैंकलाई कुमारी बैंकले एक्वायर गर्ने सम्झौता
काठमाडौं । कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । लामो समयदेखि छलफलमा रहेका कुमारी बैंक र देव विकास बैंकबीच एक्विजिसनका लागि बुधबार समझदारी जुटेको कुमारी बैंकका एक जना सञ्चालकले जानकारी दिए । ती संचालका अनुसार कुमारीले देवलाई १००ः८६ को अनुपातमा लिने प्रारम्भिक समझदारी भएको छ ।
कुमारीले देवलाई लिएपछि राष्ट्रियस्तरको विकास बैंकको संख्या ८ मा झर्ने छ । राष्ट्रियस्तरका अहिले ११ ओटा विकास बैंक अस्तित्वमा छन् । यसअघि कैलाश विकास बैंकलाई प्राइम कमर्शियल बैंकले र गण्डकी विकास बैठकलाई मेगा बैंकले प्राप्ति गर्ने सम्झौता गरिसकेका छन् ।
क्षेत्रीय विकास बैंकहरुमध्ये पनि सहयोगी विकास बैंकलाई सिटिजन्स बैंकले लिँदैछ । उता सहारा विकास बैंकसँग देव विकास बैंकले नै एक्वायर गर्ने सम्झौता गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको प्रावधान अनुसार सहारालाई लिएपछि मात्रै देव विकास बैंक कुमारीमा विलय हुन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण