शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा आयरल्यान्डसँग वेस्ट इन्डिज पराजित

बिहीबार, ०२ माघ २०७६, १० : ५२
बिहीबार, ०२ माघ २०७६

आयरल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजले नमिठो हार खेपेको छ । बिहिबार बिहान सम्पन्न खेलमा आयरल्यान्डले वेस्ट इन्डिजलाई चार रनले हरायो ।

आयरल्यान्डले दिएको दुई सय नौ रनको विजयी लक्ष्य पछ्याएको वेष्ट इन्डिज २० ओभरमा सात विकेटको क्षतिमा दुई सय चार रनमा समेटिएको थियो ।

वेस्ट इन्डिजका लागि इभिन लुइसले ५३ रन बनाए । कप्तान केइरन पोलार्डले ३१, मिम्रन हिटमेयरले २८ तथा निकोलस पुरन र रुथरफोर्डले २६/२६ रन बनाए । बलिङमा आयरल्यान्डका जोस लिटलले तीन, क्रेग योङले दुई तथा जर्ज डोकरेल र सिमी सिंहले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धाीरत २० ओभरमा सात विकेट को क्षतिमा दुई सय आठ रन बनाएको थियो ।

आयरल्यान्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ९५ रन बनाए । केभिन ओ ब्रायनले ४८, ग्रेथ डेनली १९ र गैरी विल्सनले १७ रन बनाए ।

वेस्ट इन्डिजका सेल्डोन कोट्रेल, खारी पिएरे र ड्वाने ब्राभोले दुई दुई विकेट लिए । जितसँगै आयरल्यान्डले तीन खेलको सिररिजमा १–० को अग्रता लिएको छ ।

दुई टोलीबीचका दोस्रो खेल शनिबार र तेस्रो खेल आइतबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप