बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘टेन्शन’ ले पनि बढ्छ पेट !

बिहीबार, ०२ माघ २०७६, ११ : ०१
बिहीबार, ०२ माघ २०७६

पुक्क निस्किएको पेटको समस्याले धेरैलाई पिरोेलेको छ । यसका विविध कारणहरु हुन्छन् । समयमा नखाने, धेरै कार्बोहाइड्रेडयुक्त खाना खाने, व्यायाम नगर्ने जस्ता थुप्रै कारण पेट पुक्क फुलेर आउँछ । तर, यस्ता कारणहरुले पेट फुल्ने हुँदाहुँदै पनि तनावको कारण पनि यस्तो समस्या जन्मिन्छ भन्ने कमैलाई मात्र थाहा छ ।

प्रायः सबैको जस्तो समस्याको रुपमा  रहेको पेट बढ्ने समस्या हरेक उमेर समूहमा देखिन थालेको छ । पेट बढ्नु भनेको विभिन्न प्रकारका रोगलाई निम्ता दिनु हो भन्ने जान्दाजान्दै पनि यसको समस्याबाट मुक्ति पाउन भने सहज नहुने डाक्टरहरु बताउँछन् ।

पेट बढ्दा पाचन प्रक्रियामा समेत समस्या आउने, कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना बढ्दै जान्छ । त्यति मात्र होइन अल्सर र पथ्थरी जस्ता रोग लाग्ने सम्भावना हुन्छ ।

जो मानिस अफिसमा बसेर काम गर्छन् । जो पेट भर्नको लागि जङ्ग फुड खाने गर्छन् । त्यस्ता व्यक्तिहरुको पेट छिटो बढने गर्छ । पेट गम्भीर बिरामीहरुको संकेत हो त्यसैले समयमा नै यसको समाधान खोज्न जरुरी छ ।

त्यस्तै, तनाव वा चिन्ता लिनेको पेट अत्यधिक बढ्ने बताइन्छ । तनाव लिँदा शरीरमा कार्टिसोल जस्ता हर्मोनहरु सक्रिय हुन थाल्छन् । जसले झनै तनावमा वृद्धि गराउँछ । जसले गर्दा शरीरमा फ्याट जम्मा हुन थाल्छ । जसले गर्दा भोक पनि कम लाग्छ । उक्त हर्मोन सक्रिय हुँदा निन्द्रा पनि कम लाग्छ । जसको कारण पाचन प्रक्रियामा समस्या आउँछ । खानपान अनियमित हुँदा यसको असर सीधा पेटमा देखिन थाल्छ ।

पेट घटाउने विभिन्न तरिकामध्ये योग, विहानै पैदल हिँड्ने, सास भित्र बाहिर गर्ने जस्ता कार्यहरु नियमित गर्नुपर्ने हुन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप