बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुल नेपाली समाजद्वारा नेपालका क्यान्सर पीडित बालबालिकाको लागि सहयोग

बिहीबार, ०२ माघ २०७६, ११ : ०७
बिहीबार, ०२ माघ २०७६

लन्डन । नेपालको कान्ति बाल अस्पताललाई सहयोग प्रदान गर्दै आएको ‘So The Child May Live’ नामक संस्थालाई लिभरपुल नेपाली समाज बेलायतले ११ हजार पाउण्ड हस्तान्तरण गरेको छ ।  नेपालका क्यान्सर पीडित बालबालिकाहरुको लागि गत २४ नोभेम्बर २०१९ मा च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रम गरि ८ हजार पाउण्ड संकलन गरिएको थियो । 

गत बुधबार रकम हस्तान्तरणको शिलसिलामा नेपाली समाजको तर्फबाट सल्लाहकारद्वय डा. शम्भु आचार्य र भक्त गुरुङ, अध्यक्ष देउमान इजम, उपाध्यक्ष नरेश बिष्ट, सचिव शिवराज पन्त र कोषाध्यक्ष हरिराम अर्यालको टोली मेयरको कार्यालय पुगेका थियो ।

नेपालका क्यान्सर पीडित बालबालिकाहरुको सहयोगार्थ संकलित उक्त रकममा मेयरका तर्फबाट ३ हजार पाउण्ड थप गरिएको थियो । जसमा ८ हजार पाउण्ड बेलायत सरकारको तर्फबाट दोब्बर गरिदिने हुँदा सहयोग रकम कम्तिमा १९ हजार पाउण्ड ( करिब २८ लाख रुपैयाँ) पुग्ने भएको छ ।

‘So The Child May Live’ नामक संस्थालाई बेलायतको लिभरपुलमा रहेको Alder Hey बाल अस्पतालका नर्स तथा डाक्टरहरूद्वारा स्थापना गरिएको हो । नेपालका क्यान्सर पीडित बालबालिकाको मृत्युदर घटाउन आवश्यक पर्ने सामाग्री तथा उपचारका लागि यस संस्थाको पहलमा आर्थिक संकलन अभियान शुरू गरिएको हो । सो संस्थाका प्रतिनिधिहरु यही जनवरीभित्रै नेपाल गएर ‘वर्ल्ड चाइल्ड क्यान्सर’ संग सहकार्य शुरू गर्ने भएका छन् । नेपालका बालबालिकाहरुको जीवन रक्षा गर्नु नै संस्थाको मुख्य लक्ष रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप