शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के पुटिन आफूलाई ‘राष्ट्रपिताको भूमिका’ सिर्जना गर्न खोज्दैछन् ?

बिहीबार, ०२ माघ २०७६, ११ : ५४
बिहीबार, ०२ माघ २०७६

वार्षिक संसदीय सम्बोधनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले देशको संविधान परिवर्तनको प्रस्ताव गरे । उनको सम्बोधनपछि विकसित नयाँ परिस्थितिमा पाँच महत्त्वपूर्ण कुरा चर्चामा छन् ः

नयाँ घटनाक्रम के हो ?

रुसी र बाह्य विश्वलाई पनि आश्चर्यमा पार्ने गरी रुसी प्रधानमन्त्री तथा सरकारले बुधबार राजीनामा दिए । पुटिनले संसदमा महत्त्वपूर्ण संवैधानिक परिवर्तनको प्रस्ताव राखेपछि यो कदम चालिएको हो । विगत आठ वर्ष प्रधानमन्त्री पद सम्हालेका दिमित्री मेद्भेदेवले पुटिनलाई आवश्यक परिवर्तनका लागि मार्ग प्रशस्त गर्नको लागि राजीनामा दिएको बताए ।

तीन घण्टापछि पुटिनले सङ्घीय कर प्रमुख मिखाइल मिसुस्तिनलाई नयाँ प्रधानमन्त्री बनाए । ५३ वर्षका मुसुस्तिन कमै परिचित कर्मचारी हुन् । 

संसदलाई गरिने वार्षिक सम्बोधनमा पुटिनले संशोधनका लागि एक पूर्ण प्याकेजलाई जनमत सङ्ग्रहमा लान चाहेको बताए ।

पुटिनका संविधान संशोधन गरेर गरिने प्रस्ताव यस्ता छन्ः 

–संसदलाई थप अधिकार प्रत्यायोजित गरिनेछ, संसदले प्रधानमन्त्री र क्याबिनेट सदस्य चुन्न पाउने अधिकार हुनेछ (अहिले राष्ट्रपतिले यस्तो मनोनयन गर्छन्)

–देशका सुरक्षा निकायका प्रमुखहरु अब सङ्घीय परिषद् (रुसको सङ्घीय संसदको माथिल्लो सदन)सँगको छलफलपछि राष्ट्रपतिले छनोट गर्नेछन्,

–राष्ट्रपतिलाई सल्लाह सुझाव दिने निकाय स्टेट काउन्सिल गठन गरिनेछ

–राष्ट्रपति उम्मेदवारहरु देशमा १० वर्ष बस्नुपर्ने समय बढाएर २५ बनाइनेछ

–विगतमा समेतमा विदेशमा घर रहेका व्यक्तिलाई राष्ट्रपतीय उम्मेदवार हुनबाट रोकिनेछ

–कुनै कानुन राष्ट्रपतिले हस्ताक्षर गर्नुअघि कानुन संविधान सङ्गत छ छैन मूल्याङ्कन रुसी संवैधानिक अदालतले गर्नेछ,

–अन्तर्राष्ट्रिय कानुनलाई रुसी कानुनभन्दा महत्त्वपूर्ण हुन दिइनेछैन,

–सरकारी कर्मचारीलाई विदेशी नागरिकता बोक्न प्रतिबन्धित हुनेछ,

–न्यूनतम ज्याला र अवकास रकम गरिबीको रेखामुनिका आयभन्दा माथि राख्ने प्रावधानको व्यवस्था गरिनेछ,

अहिले नै पुटिनले किन यो कदम चाले ?

पुटिनको राष्ट्रपतिको वर्तमान कार्यकाल सन् २०२४ मा सकिँदैछ । विश्लेषकहरु पुटिनले त्यसअघि कसरी राजनीतिक प्रणालीमा फेरबदल ल्याउँछन् भन्ने सङ्केत हेरिरहेका छन् ।

‘अघिल्लो वर्षभर पुटिनको राष्ट्रपतीय कार्यकाल सन् २०२४ मा अन्त्य भएपछि के हुनेछ भन्ने प्रश्न मस्कोमा पटक पटक चर्चामा आयो । अहिले त्यसको जवाफ आएकोजस्तो छ,’ युनिभर्सिटी कलेज लन्डनका प्रध्यापक मार्क गलेओटीले भने ।

‘उनी लामो समयको शासनपछि थाकिसकेका छन् तर उनी त्यतिकै छाड्न पनि सक्दैनन् । रुसको वर्तमान प्रणालीअन्तर्गत तपाईंको हैसियत, तपाईंको विरासत र तपाईंको सुरक्षा सबै शक्तिमा निर्भर हुन्छ । त्यसैले पुटिनले राष्ट्रपतिको शक्ति घटाएर प्रधानमन्त्रीमा शक्ति हस्तान्तरण गरिरहेका छन् । त्यसले ती दुई पदले एकअर्कालाई सन्तुलनमा राख्नेछन् र सम्भवतः उनी स्टेट काउन्सिलको अध्यक्ष रहेर आफूलाई ‘राष्ट्र पिताको’ भूमिकामा ल्याउन खोज्नेछन्,’ मार्क गलेओटीले भने ।


पुटिनले यसअघि नै तेस्रो कार्यकालमा नउठ्ने बताइसकेका छन् । वर्तमान संविधानले पनि त्यसो गर्न रोक लगाएको छ । तर राष्ट्रपति पदमा नरहँदाको अवस्थामा पनि प्रभावशाली रहिरन पुटिनले यो कदम चालेको अनुमान धेरैको छ ।

 


‘यो शक्तिमा टाँसिरहने कुरा होइन । यदि उनी राष्ट्रपति हुन चाहन्थे भने उनले संविधान फेरेर राष्ट्रपतिको कार्यकालमा रहेको सीमा हटाउन सक्थे । पुटिनको पछिल्लो कदम राजनीतिक अवकासपछिको सुरक्षासँग जोडिएको छ,’ प्राध्यापक गलेओटीले भने ।

पुटिनले आफ्नो कदमले ‘संसद र संसदीय दलको भूमिका र शक्तिका अतिरिक्त प्रधानमन्त्री र सम्पूर्ण क्याबिनेट सदस्यको स्वतन्त्रता बढ्ने’ बताएका छन् ।

पुटिनले नयाँ परिवर्तनले रुस एक ‘बलियो राष्ट्रपतीय गणतन्त्र’का रूपमा कायम रहने पनि बताएका छन् ।

पुटिनले यसअघि नै तेस्रो कार्यकालमा नउठ्ने बताइसकेका छन् । वर्तमान संविधानले पनि त्यसो गर्न रोक लगाएको छ । तर राष्ट्रपति पदमा नरहँदाको अवस्थामा पनि प्रभावशाली रहिरन पुटिनले यो कदम चालेको अनुमान धेरैको छ ।

पुटिन ७१ वर्षको उमेरमा राष्ट्रपति पद परित्याग गरेपछिको नयाँ भूमिका निर्माण गर्न खोज्दैछन् ।

‘पुटिन भावी राट्रपतिका सर्त तथा संयन्त्र मात्र सिर्जना गर्न चाहँदैनन् उनी आफैलाई पनि राम्रो हुने कदम चालिरहेका छन्,’ मस्कोमा रहेको राजनीतिक विज्ञ तितियाना स्टेनाभायाले भनिन् ।

‘सम्भवतः पुटिनले उनको उत्तराधिकारी पाइसकेका छन् र तिनले यो नयाँ अवस्थामा कसरी काम गर्ने पनि पहिल्याइसकेका छन् । त्यसले दुवैको सुरक्षा तथा काम गर्ने अवस्था प्रत्याभूत हुन्छ’ स्टेनाभायाले भनिन् ।

पत्रकार तथा राजनीतिक विश्लेषक फियोदोर लुकिएनोभलाई पनि ‘शक्तिको हस्तान्तरण’ सुरु भइसकेको लाग्छ ।

के मेदभेदेवको सरकारले रिसाएर राजीनामा दिएको हो ?

हाल राजीनामा दिएका प्रधानमन्त्री मेदभेदेव लामो समयदेखि पुटिनका सहकर्मी हुन् र तिनको बहिर्गमनमा त्यति असन्तुष्टि देखिँदैनन् ।

मेदभेदेव रुसको प्रभावशाली सुरक्षा परिषद्को नयाँ प्रमुखका रूपमा चुनिनेछन् ।


‘पुटिनले भावी राष्ट्रपतिको शक्तिमा अङ्कुस लगाउन चाहेको देखिएबाट उनले राष्ट्रपति पद छाड्न लागेको स्पष्ट हुन्छ । उनले अब आफ्नो उत्तराधिकारी खोज्नुपर्नेछ । उनी आफ्ना नीतिलाई अगाडि लाने निष्ठावान उत्तराधिकारीको खोजीमा छन्,’ स्तानोभायाले भनिन् ।

 


कार्नेगी मस्को सेन्टरका प्रमुख दिमित्री ट्रनिनले ट्विट गरेका छन्, ‘दिमित्रीको करिअर अन्त्य भएको छैन, पुटिनलाई सङ्क्रमणको समयका लागि उनी चाहिन्छ । आखिर उनी सधैँ पुटिनका अन्तरङ्ग मित्र रहेका छन् ।’

ट्रनिनले थप अगाडि भने, ‘रुसका प्रधानमन्त्रीमा मिसुटिनलाई ल्याउनुको उद्देश्य क्याबिनेटमा थप योग्य नेतृत्व ल्याउनका लागि हो ।’

विपक्षी नेताले भने पुटिनको नयाँ कदमको आलोचना गरेका छन् ।

प्रमुख विपक्षी नेता एलेक्सी नेभाल्नीले ट्विट गर्दै पुटिनको भाषणले उनी सन् २०२४ पछि पनि शक्तिमा रहन चाहेको सङ्केत गरेको आरोप लगाए ।

विपक्षी राजनीतिज्ञ दिमित्री गुड्कोभले पुटिनको नयाँ कदमलाई ‘संवैधानिक कू’को संज्ञा दिए ।

को हुन् मिखाइल मिसुस्टिन ?

मिखाइल मिसुस्टिनलाई सङ्घीय कर सेवालाई आधुनिकीकरण गरेको जस दिइन्छ र उनलाई एक प्रतिभावान कर्मचारीका रूपमा लिइन्छ ।

‘यो पुटिनका लागि काम गर्ने सबैभन्दा आरामदायी प्रारूप हो । कर्मचारीलाई प्रधानमन्त्री पद दिँदा पुटिनले थप बढी शक्ति अभ्यास गर्ने अवसर पाउँछन्,’ स्टानोभायाले भनिन् ।

‘पुटिनले भावी राष्ट्रपतिको शक्तिमा अङ्कुस लगाउन चाहेको देखिएबाट उनले राष्ट्रपति पद छाड्न लागेको स्पष्ट हुन्छ । उनले अब आफ्नो उत्तराधिकारी खोज्नुपर्नेछ । उनी आफ्ना नीतिलाई अगाडि लाने निष्ठावान उत्तराधिकारीको खोजीमा छन्,’ स्तानोभायाले भनिन् ।

‘प्रधानमन्त्रीका रूपमा राजनीतिक महत्त्वकाङ्क्षा नभएको र आफूप्रति निष्ठावान व्यक्तिलाई चुनेर उनले सोच्न समय लिएको देखिन्छ,’ लुकियानोभले भने ।

भविष्य के हुनेछ ?

रुसले पछिल्लो पटक सन् १९९३ मा जनमत–सङ्ग्रह गरेको थियो जसले वर्तमान संविधान स्वीकार गर्‍यो । त्यसलाई पुटिनअघिका राष्ट्रपति बोरिस एल्तसिनले ल्याएका थिए ।

पुटिनले जनमत–सङ्ग्रहको कुरा गरेको भए पनि भावी जनमत–सङ्ग्रहको मिति उल्लेख गरेका छैनन् । संसदको तल्लो सदनले मिसुस्टिनलाई प्रधानमन्त्री स्वीकार गर्ने नगर्ने विषयमा बिहीबार मतदान गर्दैछ ।

वर्तमान सरकार खासमा पुटिनले नयाँ योग्य व्यक्ति नभेटेसम्म काम जारी राख्नेछ । नयाँ व्यक्तिको शासनमा रुसको राज्य प्रणाली र शक्ति संरचनाको संवैधानिक परिवर्तन हुनेछ ।

स्रोत : https://www.aljazeera.com/news/2020/01/putin-attempting-carve-father-nation-role-200115204219971.html

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप