शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसारकै लामो केक, जसकाे लम्बाई नै ६५०० मिटर छ

बिहीबार, ०२ माघ २०७६, १२ : ०१
बिहीबार, ०२ माघ २०७६

गत बुधबार विश्वकै सबैभन्दा लामो केक भारतको केरलामा बनाएर नयाँ विश्व रेकर्ड कायम भएको छ । १५ सय जना वेकर र सेफ हरु मिलेर ४ घण्टाको समय लगाएर बनाएको उक्त केक ६.५ किलोमटिर लामो छ । यो केकको निर्माणसँगै यसअघि चीनले राखेको ३.२ किलोमिटर लामो फ्रुट केकको रेकर्ड पनि तोडिएको छ ।

उक्त केक हज्जारौं टेबल र डेस्कहरु जोडेर त्यसमाथि बनाइएको थियो । त्यस दौरानमा वेकर र सेफहरुले सेतो टी सर्ट र एप्रोन लगाएका थिए । त्यो कके बनाउनका लागि करिब १२ हजार किलोग्राम शक्कर र आटा प्रयोग भएको थियो ।

वैकर्स एसोसिएसन केरलाले सो केक बनाएको हो । एसोसिएसनका सचिव नौसादका अनुसार गिनीज वल्र्ड रेकर्डस्ले त्यो केक नाप्दा त्यसको लम्बाई करिब ६५०० मिटर लामो थियो । अहिलेसम्म गिनीजले त्यसलाई आधिकारिक रुपमा प्रमाणित चाहिँ गरिसकेको छैन ।

नौसादले गिनीजले त्यो कुरालाई प्रमाणित गर्दै चाँडै प्रमाणत्र दिने आशा राखेका छन् । उनले विश्वलाई आफूहरुको कौशल देखाउन सो केक बनाइएको र त्यो बनाउने क्रममा स्वाद, गुणस्तर र सरसफाइलाई पूरै ख्याल गरिएको पनि बताएका छन् ।

स्मरण रहोस्, सन् २०१८ मा चीनका बेकर इन जिझीले ३.२ किलोमिटर लामो केक बनाएर संसारकै सबैभन्दा ठूलो केकको उपाधि हासिल गरेका थिए ।

Photo: https://www.bhaskar.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप