शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियाको डढेलो क्षेत्रमा वर्षा

बिहीबार, ०२ माघ २०७६, १५ : २२
बिहीबार, ०२ माघ २०७६

एजेन्सी । अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन् ।

अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौ जनावर पनि जलेर मरेका छन् ।  न्यु साउथ वेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै हुने अवस्था भने नरहेको अधिकारीहरुले जनाएका छन् । 

‘आगलागी भएको क्षेत्रमा अहिले वर्षा भएपछि केही राहत महसूस त भएको छ, तर आगलागी नियन्त्रण नै हुने भने देखिएको छैन,’ ग्रामिण अग्नी नियन्त्रण सेवाका अधिकारीहरुले सामाजिक सञ्जालमा लेखेका छन् । 

वर्ष कति धेरै समय पर्छ र कति ठूलो हुन्छ भन्ने कुराले आगलागी नियन्त्रण हुन्छ की हुदैन भन्ने निर्धारण हुने उनीहरुले बताएका छन् ।  आगलागी हुनुभन्दा अगाडीसम्म दर्जनौ ठाँउमा आगलागी भइरहेको विवरण अग्नी नियन्त्रण सेवाका अधिकारीहरुले दिएका थिए ।   

स्थानीय सञ्चार माध्यमहरुले पनि जलिरहेको जंगलमा वर्षा भएको भिडियो र फोटोहरु प्रकाशन तथा प्रसारण गरेका छन् । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप