शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्स बैंकद्वारा सिरहामा कम्बल वितरण

बिहीबार, ०२ माघ २०७६, १८ : ४७
बिहीबार, ०२ माघ २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चिसोका कारण जनजिवन प्रभावित हुँदै गएपछी सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विप्पन निसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । 

न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १५० थान कम्बल वितरण गरेको छ । उक्त कार्यक्रममा  सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो ।  

केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न यो कार्यक्रम संचालन गरिएको कुरा बैंकले जनाएको छ ।

चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ विपन्न परिवारलाई बैंकले कम्बल वितरण गरेको हो । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप