आठ अर्बको आइपिओ बिक्री गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक
काठमाडौं । ठूला भौतिक पूर्वाधार निर्माणका लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने लक्ष्यका साथ स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले रु आठ अर्ब बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ ।
शेयर बिक्री गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा आज एनआइबिएलएस क्यापिटल र बैंकबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
बैंकले दिएको जानकारी अनुसार प्रति कित्ता रु १०० का दरले कूल आठ करोड कित्ता साधारण शेयर बिक्री गर्न लागिएको हो । आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको सो साधारण शेयर पछिल्ला दिनमा बिक्री गर्न लागिएको सबैभन्दा ठूलो हो ।
सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायव महाप्रबन्धक विनयनाथ न्यौपाने र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गर्नुभएको बैंकले जनाएको छ ।
बैंकको कूल अधिकृत पूँजी रु ४० अर्ब, जारी पूँजी रु २० अर्ब र चुक्ता पूँजी रु १२ अर्ब रहेको छ ।
सर्वसाधारणलाई साधारण शेयर बिक्री गरेपछि बैंकको चुक्ता पूँजी रु २० अर्ब हुनेछ । बैंकले जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका लगानी गर्ने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी