बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँच खतरनाक देशहरु, जोसँग संसारको जुनसुकै कुनामा पनि मिसाइल हान्ने क्षमता छ

उत्तर कोरियाले आफ्नो सबैभन्दा प्रमुख दुश्मन देश अमेरिकासम्म पनि मिसाइल प्रहार गर्न सक्छ
शुक्रबार, ०३ माघ २०७६, ०७ : ४८
शुक्रबार, ०३ माघ २०७६

आधुनिक सैन्य शक्तिको प्रमुख हतियार हो– मिसाइल । एउटा निश्चित ठाउँबाटै निक्कै टाढासम्म प्रहार गर्न सक्ने र विध्वंश मच्चाउने हतियारमध्येको एक हो मिसाइल ।

अहिले संसारका प्रमुख देशहरुको सेनाको प्रमुख र अनिवार्य हिस्सा बन्ने गरेको छ  मिसाइल । तीमध्ये पनि पाँच वटा देशहरु त मिसाइल क्षमताको आधारमा यति शक्तिशाली छन् कि तिनीहरुले आफ्नो देशबाट संसारको जुनसुकै कुनामा पनि मिसाइल हानेर विध्वंश मच्चाउने क्षमता राख्छन् ।

त्यस्तो उत्पात क्षमता भएका पाँच राष्ट्रहरुमा रुस, अमेरिका, चीन, बेलायत र फ्रान्स पर्दछन् ।

ती पाँच राष्ट्रहरुपछि सबैभन्दा ठूलो मिसाइल क्षमता भएको देश उत्तर कोरियालाई मानिन्छ । पछिल्लो चरणमा मिसाइल प्रविधिमा निक्कै अगाडि आएको उत्तर कोरियाले विछट्टैसँग आफ्नो मिसाइल क्षमता बढाएर ल्याएको छ । सन् १९० मा ७४५ माइलसम्म मात्रै मारक क्षमता रहेको उत्तर कोरियाले अहिले ८ हजार माइलसम्म प्रहार गर्न सक्छ । यो भनेको अमेरिकाको मुख्य भूमिलगायत आधा संसार समेट्ने दूरी हो । अर्थात् अहिलेको क्षमताको आधारमा उत्तर कोरियाले आफ्नो सबैभन्दा प्रमुख दुश्मन देश अमेरिकासम्म पनि मिसाइल प्रहार गर्न सक्छ । यो देशले आफ्नो मिसाइलको मारक क्षमता मात्रै हैन, सही निशाना लगाउने क्षमतामा पनि निक्कै विकास गरेको छ ।

उत्तर कोरियाजस्तै दक्षिण कोरियाको मिसाइल क्षमता पनि बलियो छ । विशेषतः अमेरिकी साथ र सहयोग रहेको दक्षिण कोरियाले उत्तर कोरियाको जुनसुकै क्षेत्रमा पनि मिसाइल प्रहार गर्न सक्छ ।

उत्तर कोरियापछि इजरायल, भारत, सउदी अरेबिया, इरान, पाकिस्तानको मिसाइल क्षमता क्रमशः बढी छ ।

अमेरिकाको बलियो साथ र समर्थन रहेको इजरायल र सउदी अरेबियाले सन् १९९० को दशकदेखि नै इरानमा समेत मिसाइल प्रहार गर्ने क्षमता राख्दै आएको छ ।

तर पछिल्लो चरणमा इरानले पनि आफ्नो क्षमतामा अद्भूत बृद्धि गरेको छ । उसले पनि इजरायल, सउदी अरेबियालगायत मध्यपूर्वकाे ठूलो क्षेत्रमा मिसाइल हान्ने क्षमता राख्छ । भनिन्छ, इरानलाई मिसाइल प्रविधिमा उत्तर कोरियाले सघाएको छ ।

त्यसैगरी, भारतले आफ्ना चीरपरिचित प्रतिद्वन्दी देशहरु पाकिस्तान र चीनको ठूलो भूभागमा मिसाइल प्रहार गर्न सक्छ । खासगरी, भारतले रुसको सहयोगमा आफ्नो मिसाइल क्षमता बढाएको छ । उता पाकिस्तानले पनि भारतका मुख्य भूमिहरुमा मिसाइल प्रहार गर्न सक्ने क्षमता राख्छ र उसलाई यसमा चीनले सघाएको मानिन्छ ।

ताइवानले पनि मिसाइल प्रविधिमा आफूलाई अगाडि बढाउँदै आएको छ । 

तथ्यस्रोत र तस्बिरहरुः द न्यूयोर्क टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप