शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नम्रतासँग अनस्क्रीन रोमान्स गर्न मन छ – अभिनेता समिर

शुक्रबार, ०३ माघ २०७६, १२ : २०
शुक्रबार, ०३ माघ २०७६

फिल्म ‘१२ सत्ताइस्’को हिरो हुन्– समिर श्रेष्ठ । आजबाट देशभर प्रदर्शनमा आएको यो फिल्म उनको डेब्यु फिल्म हो । त्यसैले पनि उनी यो फिल्मप्रति निकै आसावादी छन् । 

२०१६ मा आयोजित मोडलिङसम्बन्धी कार्यक्रम ‘मोडल आइन नेपाल २०१६’ को फस्ट रनरअपको उपाधिसँगै मोडलिङमा होमिएका उनी दर्जनौँ र्‍याम्प सो र केही म्युजिक भिडियो अभिनय अनुभवसहित फिल्म अभिनयमा होमिएका हुन् । 

हुन त उनी अभिनित फिल्म ‘१२ सत्ताइस्’ आजबाट मात्र प्रदर्शनमा आएको छ । तर फिल्मको प्रचारका लागि सार्वजनिक गरिएको ट्रेलर लगायतका विषयवस्तु हेरेर कतिपयले उनलाई अभिनेता अनमोल केसीसँग पनि दाज्ने गरेका छन् । अनमोलसँग तुलना गर्दा खुसी लागेपछि अनमोलको तुलनमा पुग्न आफूले अझै धेरै मिहिनेत गर्नुपर्ने उनी बताउँछन् । काठमाडौँ बालाजुका स्थायी बासिन्दा अभिनेता श्रेष्ठलाई यस्तो छ रातोपाटीको दस प्रश्न ।

अभिनय क्षेत्र किन रोज्नुुभयो ?
–सानैदेखि नेपाली चलचित्र उद्योगको एउटा हिस्सा हुन मन थियो । त्यही भएर अभिनय क्षेत्रमा होमिएँ । अभिनय क्षेत्रबाटै करियर निर्माण गर्ने सोच छ ।

डेब्यु गर्ने अवसर कसरी मिल्यो ?
–चलचित्र क्षेत्रको कुलदीप अधिकारी दाइसँग चिनजान थियो । उहाँको कारणले यो फिल्म ‘१२ सत्ताइस’ युनिटसँग चिनजान भयो । भेटघाट बढ्दै जाँदा फिल्म अभिनय अफर पनि गर्नुभयो । मैले पनि डेब्युका लागि यो फिल्म उपयुक्त ठानेँ ।

पहिलो फिल्म रिलिजमा आउँदा कस्तो अपेक्षा हुँदो रहेछ ?
– अपेक्षाभन्दा पनि एक्साइटेट छु । मेरो डेब्यु फिल्म दर्शकले मन पराउँछन् वा पराउँदैनन् भन्ने डर पनि लागेको छ । दर्शकको प्रतिक्रियाको पर्खाइमा छु । आफूलाई पहिलो पटक ठूलो पर्दामा देख्न पाउँदा निकै खुसी छु । 

अभिनयले निरन्तरता पाउँछ त ?
– अभिनयमा निरन्तर लागिरहने मेरो इच्छा हो । पहिलो फिल्मको व्यवसाय जे भए पनि अभिनय क्षेत्रमा भने निरन्तारता दिन्छु । सानैदेखि अभिनयप्रति रुचि थियो । फिल्म हेर्दा पर्दामा देखिएका कलाकार जस्तै गरेर आफू पनि देखिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । सोही समयदेखि ठूलो भएपछि फिल्मको हिरो बन्छु भन्ने मनमा अठोट थियो ।

सपना ?
–कलाकारितामा राम्रोभन्दा राम्रो फिल्म अभिनय गरेर सबैले चिन्ने र मनपराउने हिरो बन्ने ।

कस्तो केटा ?
–सिम्पल छु । सबैसँग सजिलै घुलमिल गर्न सक्छु । मिलनसार र सहयोगी पनि छु । नयाँ र चुनौती पूर्ण काम गर्न मनपर्छ ।

अन्य रुचिको विषय ?
– अभिनयको अलवा बिजेनस पनि गर्न मन छ ।

दुःख के हो ?
–त्यो एउटा महसुस हो । आफूले गरेको कामको नराम्रो परिणाम आयो भने आफूले गर्छु भनेको काम गर्न सकिएन भने मनमा एक किसिमको नराम्रो पीडायुक्त फिलिङ आउँछ । त्यो नै दुःख हो । दुःख हरेक मानिसका फरक फरक हुन सक्छन् तर फिलिङ भने एउटै हुन्छ ।

मनपर्ने केटी ?
–रूपले भन्दा पनि मनले राम्री । बुझक्की, व्यावहारिक, आफूलाई माया गर्ने । यसमा सुन्दरता पनि भयो भने धेरै राम्रो ।

पर्दामा रोमान्स गर्न मन लागेको हिरोइन ?
– अभिनेत्री प्रियङ्का कार्की, नम्रता श्रेष्ठ र जसिता गुरुङसँग पर्दामा रोमान्स गर्न मन लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप