बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘स्पिल्ट्सभिल्ला नेपाल, अर्को ठूलो प्रोजेक्ट ?’

शुक्रबार, ०३ माघ २०७६, १२ : ३४
शुक्रबार, ०३ माघ २०७६

रियालिटी शो भ्वाइस अफ नेपाल, नेपाल आइडल, हिमालयन रोडिजपछि अब स्पिल्ट्सभिल्ला पनि नेपालमा भित्रिने संकेत देखिएको छ ।

रियालिटी शो हिमालय रोडिजका निर्देशक अमन प्रताप अधिकारीले  यसको संकेत  फेसबुकमार्फत् दिएका छन् ।

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘स्पिल्ट्सभिल्ला नेपाल, अर्को ठूलो प्रोजेक्ट, के भन्नुहुन्छ ?’

अमनको स्टेटसमा धेरैले उत्साह प्रकट गरेका छन् । कतिले अमनलाई अग्रिम बधाइ दिएका छन् भने कतिले स्प्लिट्सभिल्लाको नेपाली संस्करण हेर्न पाए खतरा अनुभव हुने पनि बताएका छन् ।

भारतीय रियालिटी शो एमटिभी स्पिल्ट्सभिल्ला नेपालमा पनि निकै चर्चित छ ।   कार्यक्रमको मुख्य उद्देश्य आफ्नो लागि उत्कृष्ट पार्टनरको खोजी गर्नु हो । यसका लागि युवा युवतीले विभिन्न राउन्डको च्यालेन्ज र टास्क पूरा गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप