शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

दाङमा मोटरसाईकल दुर्घटना, १ जनाको मृत्यु

शुक्रबार, ०३ माघ २०७६, १३ : ३३
शुक्रबार, ०३ माघ २०७६

बुटवल । मोटरसाईकल दुर्घटना हुँदा दाङमा १ जनाको मृत्यु भएको छ । पश्चिमबाट आउँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाइकल चिसापानीमा दुर्घटना दाडको शान्तिनगर गाउँपालिका वडा नं. ५ काशीपुरका टोपलाल केसीको मृत्यु भएको छ । 

प्रहरीले गम्भीर घाइते केसीको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाएको छ । मदिरा सेवन गरी सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप