शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फुपुको घरमा हिँडकी एक महिला महिना दिनदेखि वेपत्ता

शुक्रबार, ०३ माघ २०७६, १४ : २४
शुक्रबार, ०३ माघ २०७६

बुटवल । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ४, जैसीथोकको तिलछर्ने टोलीकी ३५ वर्षीया शारदा नेपाली झण्डै एक महिनादेखि बेपत्ता भएकी छन् ।  पुस ९ गते बिहान जैसीथोक बरवोटस्थित दिदी झुपा नेपालीको घरमा पैसा लिन जान्छु भन्दै घरबाट हिँडेकी  थिइन् ।

उनलाई त्यसदिन साँझपख सेउवा सिमाहघाट सडक खण्डको कालाखोला भन्ने स्थानमा तम्घासतिर एक्लै हिँडेर जान लागेको बेला वडा कार्यालयबाट तम्घास वाईकमा आउँदै गरेका त्यस वडाका वडाध्यक्ष मानबहादुर कुँवरले पछाडि राखेर तम्घाससम्म ल्याई दिएका थिए ।

अर्को दिन उनलाई विहान तम्घासको चिदीचौरमा हातमा सुन्तला लिएर बसेको स्थानीय विमल घर्तीले देखेको बताइन्छ । त्यसयता उनको अवस्था अज्ञात रहेको छ । श्रीमती बेपत्ता भएको खबर पाउन साथ भारतको रोजगारमा रहेका उनका श्रीमान रामबहादुर नेपाली घर आई दिनहुँ पाल्पासम्म खोजतलासमा भौतारिँदै आएका छन् ।

शारदा नेपालीका १५ वर्षीय एक छोरा र ११ वर्षीया एक छोरी घरमा रहेका छन् । अन्दाजी ५ फिट उचाई भएकी गहुँगोरी उनी कुर्ता सुरुवाल र कालो झोला भिरेको आफन्तजनले बताएका छन् । बाह्र तेह्रबर्ष अघिदेखि नसासम्बन्धी विमारको औषधी सेवन गरेकी उनी एकहोरो टोलाउने गरेको परिवारजन बताउँछन् । 

उनलाई फेला पार्ने महानभावले वडाध्यक्ष मानबहादुर कुँवरको मोवाइल नम्वर ९८५७०६७६४८ र उनका श्रीमान रामबहादुर नेपालीको मोवाई नम्वर ९८४४७३८४९५  वा नजिकको प्रहरी चौकीमा सूचित गरिदिन अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप