बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनका प्रधानमन्त्रीद्धारा राजीनामाको घोषणा

शुक्रबार, ०३ माघ २०७६, १५ : ३३
शुक्रबार, ०३ माघ २०७६

एजेन्सी । युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका छन् । राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले राजीनामाको घोषणा गरेका हुन् । उनले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपतिको आलोचना गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘हाम्रो विवाद थियो, त्यसले थप बहस नहोस भन्ने उद्धेश्यसँगै राष्ट्रपति प्रतिको विश्वास र सम्मानका लागि मैले राजीनामा दिने घोषणा गरेको हुँ,’ ३५ वर्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारीक फेसवुक पेजमा लेखेका छन् ।

सार्वजनिक भएको अडियो बनावटी भएको र राष्ट्रपतिप्रति आफ्नो सम्मान गिराउने नियतले बनाएर सार्वजनिक गरिएको आरोप पनि लगाएका छन् । ‘त्यो अडियो सत्य होईन,’ उनले भनेका छन् ।  उनी सन् २०१९ अगस्तबाट प्रधानमन्त्रीको पद  सम्हालेका थिए । –एएफपी/Photo: BBC

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप