‘मम्मी डान्स प्रतियोगिता’ को उपाधि कल्पनालाई
बुटवल । रुपन्देहीको सैनामैनामा आयोजित ‘मम्मी डान्स प्रतियोगिता’ को ताज कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् । चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सवका अवसरमा आयोजित मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुटवलकी चेली कल्पना प्रथम भएकी हुन् ।
उनलाई ताज, नगद २० हजार रुपैयाँ, प्रमाणपत्र सहित सम्मानपत्र प्रदान गरिएको छ । उनी बुटवलको बुद्ध टेलिभिजन र रेडियो जागरणमा कार्यक्रम र समाचार शाखामा कार्यरत छिन् । सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, नेपाली काँग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिव दिपक अधिकारी, संघका सचिव हिमाल गैरे, डान्स प्रतियोगिताका संयोजक चन्दा भण्डारी लगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतीय भए । उनीहरुले क्रमशः नगद १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १७ सहभागी मध्येबाट पहिलो दिनको नाचबाट १० जना दोश्रो चरणका लागि छनौट भएका थिए ।
उपाधि विजेता कल्पना यसअघि बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको आमा नृत्य प्रतियोगितामा द्वितीय भएकी थिइन् । महोत्सवमा राष्ट्रिय कलाकार पशुपति शर्मा, रितु थापा, शारदा पंगेनी, पुरुषोतम पौडेल, रविना बस्याल लगायतको प्रस्तुति, डान्स आइडल समेत भएको साँस्कृतिक उपसमिति संयोजक हिमाल गैरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय