मच्छिन्द्रलाई शेर्पाको झट्का
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दौडमा रहेको मच्छिन्द्रलाई हिमालयन शेर्पा क्लबको नमिठो झट्का लागेको छ । दशरथ रंगशाला हिलो भएका कारण शुक्रबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मच्छिन्द्र तुलनात्मक रुपमा कमजोर शेर्पासँग २–० गोलले पराजित भयो ।
यस हार मच्छिन्द्रको उपाधि यात्रामा निकै महंगो हुने देखिएको छ । बलियो टोलीमाथि जित निकालेको शेर्पाको भने रेलिगेसन जोगिने बलियो आधार बनेको छ । जारी लिगमा शेर्पाको यो पहिलो जित हो । मच्छिन्द्रको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । शेर्पाको खेल सुरु भएको पहिलो मिनेटमै मच्छिन्द्रको आत्मघाती गोल उपहार पाएको थियो ।
बल बचाउने क्रममा मच्छिन्द्रका पिटर सेटुनको प्रहार आत्मघाती गोल भएको थियो । २० औं मिनेटमा शेर्पाका विजय श्रेष्ठले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । मच्छिन्द्रले बलमा पकट जमाएपनि गोल फर्काउन सकेन । शेर्पाका विजय श्रेष्ठ म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै सात खेलबाट सात नौं अंक बनाएको शेर्पा १० औं स्थानमा उक्लिएको छ । समान खेलबाट मच्छिन्द्रको १३ अंक छ । एक खेल कम खेलेको आर्मी १३ अंक सहित शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा