शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्र्छ: मैनाली

शुक्रबार, ०३ माघ २०७६, १९ : १८
शुक्रबार, ०३ माघ २०७६

काठमाडौं । नेकपा (माले) का महासचिव सिपी मैनालीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर राजनीतिक समाधान नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय मञ्च र नेपाल पत्रकार तथा लेखक समाजद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले देशभक्त शक्तिहरुलाई जबर्जस्त बिद्रोहमा धकेल्दा देश थप संकटमा जाने समेत चिन्ता ब्यक्त गरे । 

महासचिब मैनालीले नेकपालाई शान्तिपूर्ण राजनीतिक गतिविधि समेत गर्न पाउने अधिकारबाट च्युत गरेर उसलाई बिद्रोको बाटो अबलम्बन गर्न प्रेरित गर्नु गलत भएको धारणा राखे । उनले भने, ‘यति धेरै कानून र सुरक्षा हुँदाहुँदै पनि प्रतिबन्धले विप्लवसँग द्वन्द निम्त्यायो जुन देश, जनताले थेग्न सक्दैन र कसैले पनि रुचाएको छैन ।’

महासचिव मैनालीले अहिलेसम्म विप्लवले विदेशी शक्तिसँग सहयोग नलिने प्रतिबद्धता जाहेर गरे पनि भविष्यमा उसले त्यसलाई तोड्न सक्ने खतरा रहेको समेत बताए । महासचिव मैनालीले २००७ सालपछि लगातार देश कमजोर बन्दै गएको परिवेशलाई स्मरण गराउँदै, ती प्रत्येक अस्थिरतामा विदेशी शक्तिहरुको हात रहँदै आएको र त्यसमा स्वदेशी देशभक्त भनिने शक्तिहरुले आफ्नो निजी स्वार्थ अनुकूल सहमति दिएको आरोप लगाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप