शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्ववियु निर्वाचन केन्द्रित नेविसंघको छलफल

शुक्रबार, ०३ माघ २०७६, २० : १२
शुक्रबार, ०३ माघ २०७६

काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  स्ववियु निर्वाचन तयारीबारे छलफल गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति  केन्द्रिय क्याम्पस किर्तिपुरद्वारा आयोजित उपत्यका स्तरिय स्ववियु निर्वाचन तयारी छलफल भएको हो ।

छलफलले विभिन्न क्याम्पसको अवस्था बुझ्दै ४ बुँदे निर्णय गरेको नेविसंघ विश्वविद्यालय सचिव योगेन्द्र रावलले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले फाल्गुन १४ गते  गर्ने स्ववियु निर्वाचनलाई बैठक स्वागत गर्दै अबिलम्ब स्ववियु निर्वाचन कार्यतालिका माग गरेको छ ।

स्ववियु निर्वाचनमा होमिन देश भरका नेविसंघ सम्बद्ध विद्यार्थीलाई क्याम्पस –क्याम्पसमा जुट्न  बैठकले अपिल गरेको छ । स्ववियु निर्वाचनको सहजताको निम्ति अबिलम्ब नेविसंघको तदर्थ केन्द्रिय समिति गठन गरी नेविसंघलाई जिताउन देश ब्यापी रणनैतिक अभियान सन्चालन गर्ने माउ काँग्रेससँग बैठकको माग छ । 

नेविसंघका निर्वतमान सह–महामन्त्री बलदेव तिमिल्सिनाले स्ववियु निर्वाचन अपरिहार्य भन्दै सम्पुर्ण रुपमा सहयोग गर्ने बताए । नेविसंघका  निर्वतमान केन्द्रीय सदस्य सुशील भट्टले स्ववियु निर्वाचन केन्द्रित कार्यक्रम लिएर देशभरी  नेविसं अगाडि बढने बताए । 

त्रिवी समिति सचीव योगेन्द्र रावलले नेबि संघ ले जितको सुरुवात त्रिभुवन विश्वविधालय बाटै गर्ने उद्द्घोष गर्दै ९५ प्रतिशत क्याम्पस जित्ने निर्णय गरेको अनेरास्ववियूलाई त्रिभुवन  विश्वविधालय जितेर देखाउन चुनौती दिए ।

नेविसंघ त्रिवीका अध्यक्ष हरि आचार्यको संयोजनमा भएको छलफलमा नेविसंघका केन्द्रीय नेता तथा उपत्यका भित्र र बहिरका ईकाई अध्यक्ष एवम् पदाधिकारी को सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप