केन्द्रीय संस्करण

‘आमा’को अष्ट्रेलिया र अमेरिका रिलिज घोषणा

person explore access_timeमाघ ३, २०७६ chat_bubble_outline0

काठमाडौं । सफल निर्देशक दीपेन्द्र के.खनालले बनाएको पछिल्लो फिल्म ‘आमा’ आउँदो फागुन ९ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । यही मितिमा फिल्म अष्ट्रेलिया र अमेरिकामा पनि एकसाथ प्रदर्शनमा आउने भएको छ ।

फिल्म अमेरिकाको लागि एट्ट्रा प्रोडक्सन र अष्ट्रेलियाका लागि एएसएपी इन्टरटेनमेन्टले प्रदर्शन राइट किनेको हो । निर्देशक दीपेन्द्र के. खनालले नेपाल प्रदर्शनकै दिन फिल्म विदेशका पनि केही देशमा  प्रदर्शन हुने जानकारी दिए । आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बनेको यो फिल्म प्रदर्शनका लागि अन्य देशमा पनि कुराकानी भइरहेको खनालले बताए ।

केही पहिले ट्रेलर सार्वजनिक भएको फिल्मको प्रचार सामाग्री सार्वजनिक भएपछि बिदेशको माग बढ्दा रहेको निर्देशक खनालको भनाई रहेको छ । उनका अनुसार विभिन्न कम्पनीहरु फिल्मको विदेश प्रदर्शन अधिकार लिन हानाथाप गरिरहेका छन् । निर्देशक खनालले फिल्मको अष्ट्रेलिया र अमेरिकाको राइट्स महँगोमा बिक्री भएको समेत जानकारी दिए ।

फिल्म शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । सुरक्षा पन्त र मिथिला शर्माको प्रमुख भूमिका रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।
फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । काठमाडौं र रामेछापमा खिचिएको फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालको संगीत रहेको फिल्मको अधिकांश दृश्य पानीमा खिचिएको हो ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...