बेमौसमी वर्षाका कारण रौतहटमा ईटा व्यवसायीलाई करोडौंको नोक्सान
बेमौसमी बर्षाको कारण रौतहटस्थित ईटा उत्पादक व्यवसायीलाई करोडौंको नोक्सान भएको छ ।
पछिल्लो दुुई दिन परेको पानीले पोल्नको लागि तयार पारिएको काँचो ईटा गलेर जिल्लाभरीका ईटा उत्पादकलाई १७ करोड भन्दा बढीको क्षती भएको ईटा उत्पादक संघले जनाएको छ ।
बेमौसमी वर्षाले प्रत्येक ईटा भट्टाहरुमा पोल्नलाई तयार अवस्थामा राखिएको काँचो ईटा गलेर कामै नलाग्ने अवस्थामा पुगेको ईटा उत्पादक संघ रौतहटका अध्यक्ष रामबिनोद साहले बताएका छन् ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ महमदपुर स्थित रहेको एसपिएल ईटा उधोगमा पोल्नको लागी तयार पारिएकोे १० लाख भन्दा बढी काँचो ईटा बर्षाको पानीले गलेर नष्ट भएको सञ्चालक राम बिनोद साहले बताए ।
काँचो ईटा लाई सुुकाएर पोल्नका लागी तयार गर्दा सम्म प्रति ईटा दुुईरुपैयाँ उत्पादकको न्युनतम खर्च हुने गरेको साहको भनाई छ ।
रौतहट जिल्लाभरीमा यस आर्थिक बर्षमा घरेलुु तथा साना उधोग कार्यालयमा दर्ता रहेका एकसय ६१ वटा ईटा भट्टाहरु सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर