शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जब लाइभ टेलिभिजन कार्यक्रममा गएर एक व्यक्तिले आफ्नी प्रेमिकाको हत्या कबुल गरे

शनिबार, ०४ माघ २०७६, १२ : २५
शनिबार, ०४ माघ २०७६

‘हाम्रो विवाहको कुरा चलिरहेको थियो । तर उसको परिवारका सदस्यले दिनकै हामीलाई दुःख दिइरहेका थिए । उनीहरु आफ्नो छोरीको जस्तो मेरो सरकारी नोकरी नभएको भन्ने गर्थे । त्यसैले मैले उनलाई मारिदिए ।’ 

यो भनाई २७ वर्षिया मनिन्दर सिंहले चण्डिगढबाट प्रसारण हुने एक नीजि टेलिभिजन च्यानलको लाइभ शोमा भनेका थिए । लाइभ टेलिभिजन कार्यक्रममा मनिन्दरले सन् २०१९ डिसेम्बर ३०मा उनको प्रेमिका सरबजीत कौरको किन हत्या गरिएको बताएका थिए । यसको केही पछि नै प्रहरीले मनिन्दरलाई गिरफ्तार ग¥यो । 

मनिन्दरले चण्डीगढको औधोगिक क्षेत्रस्थित एक होटलमा धारिलो हतियारको प्रयोगमार्फत, आफ्नो प्रेमिकाको हत्या गरेर र फरार भएका थिए । 

अझ रोचक कुरा मनिन्दर पहिलेदेखि एक अलग हत्याको मुद्दामा जमानतमा थिए । अघिल्लो घटनामा पनि मनिन्दरको प्रेमिकालाई नै मारेका थिए । 

प्रहरीका अनुसार सन् २०१०मा पनि उनले हरियाणामाा आफ्नो अघिल्लो प्रेमिकाको हत्या गरेका थिए । 

टेलिभिजन च्यानलका एक वरिष्ठ कर्मचारीले मनिन्दर उनको टीभी स्टेशनमा पुगेर के गरे भने ,‘ उसले कार्यलय बाहिर उभिएको एक क्यामराम्यानसँग आफूले एक महिलाको हत्या गरेको बतायो । यो सुनेर क्यामराम्यान आश्चर्यमा परे । त्यसपछि मनिन्दरले प्रहरीले पञ्जाबमा रहेका उनको परिवारलाई दुःख दिइरहेको र उनी आत्मसमर्पण गर्न चाहेको बताए । ’

‘हाम्रो क्यामराम्यानले उसँग कुराकानी गर्नको लागि च्यानलको अपराध हेर्ने रिपोर्टरलाई बोलाए । फेरी केही अन्य वरिष्ठ कर्मचारीसँग कुराकानी भयो र पछि त्यसपछि मनिन्दरलाई टीभी च्यानलमा ल्याइयो । यही दौरान हामीले प्रहरीलाई फोन गर्यौं ।’ टीभीका कर्मचारीले भने ।

‘एक पक्का अपराधी’

लाइभ टेलिभिजन कार्यक्रममा मनिन्दरले आफ्नो अपराधलाई स्वीकारे र स्थानीय प्रहरीले उनलाई गिरफ्तार ग¥यो । 

प्रहरीका अनुसार मनिन्दर केही महिना अघि एक लोकल फार्ममा ड्राइबर थिए, जहाँ उनी क्लर्कको रुपमा पनि काम गर्थे । 

त्यहीँ उनको प्रेमिका सरबजीत कौर एक नर्सको रुपमा काम गर्थिन र उनी चण्डीगढमा पनि नौकरी गर्थिन् ।

चण्डीगढ प्रहरीकी अधिकारी नेहा यादवले संचारमाध्यमसँगको कुराकानीमा भने ,‘ टीभी शोमा पुग्नु अघि मनिन्दरको दिमागमा दुई कुरा खेलिरहेको हुनुपर्छ । एक त उसलाई प्रचार चाहिएको थियो, साथमा मानिसको सहानुभुती पनि । त्यसैले उसले टेलिभिजनमा परिवारको उल्लेख ग¥यो । सायद उसलाई के लाग्यो होला भने टीभीमा आएपछि उसले ठूलो वकिल पनि पाएनेछ । किनकि उसँग वकिल राख्न पनि पैसा देखिदैन ।’

प्रहरीले भने टीभीको स्वीकारोक्तीलाई अदालतमा प्रमाणको रुपमा राखिने बतायो । 

नेहाले घटनाबारे थप बोल्ने क्रममा भनिन् ,‘ उसलाई सरबजीतमाथि शंका थियो । जुन दिन घटना भयो, त्यो दिन उसले सरबजीतसँग मोबाइल फोन देखाउन जिद्दी गरेको थियो । तर सरबजीतले अस्वीकार गरेपछि दुईबीच बहस भयो । अघिल्लो घटनामा पनि मनिन्दरलाई आफ्नो प्रेमिकाको चरित्रमा शंका भएको थियो र त्यसपछि उ हत्यामा उत्रिएको थियो । ’

होटलको सीसीटीभ फुटेज अनुसार दुई जनाले डिसेम्बर ३० मा एक होटलमा कोठा लिएका थिए । सोही दिन साँझ उसले मनिन्दर होटलबाट निक्लिएको देखिएको थिए । होटलका कर्मचारीले सरबजीतलाई मृत अवस्थामा भेटेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप