शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई आयोगको पदाधिकारीको नाम सिफारिस, अध्यक्षमा भट्ट र सुवेदी

शनिबार, ०४ माघ २०७६, १५ : १४
शनिबार, ०४ माघ २०७६

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको अध्यक्षसहित ५ पदाधिकारी नाम सिफारिस भएको छ । शनिबार बसेको दुई आयोगका पदाधिकारीको सिफारिस गर्न गठित समितिले कानु्नमन्त्रीमार्फत पदाधिकारी नाम मन्त्रीपरिषदमा सिफारिस गरेको कानुन न्याय, तथा संसदीय मामिला मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिए । 

तर स्रोतका अनुसार सत्य निरुपणको अध्यक्षमा गणेश दत्त भट्ट र बेपत्ता छानबिन आयोगमा युवराज सुवेदीको नाम सिफारिस भएका छन् ।  सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस भएको छ  । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा शिवदत्त भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।

मन्त्रालयका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले सबै पदाधिकारीको नाम अनु्मोदन गर्नेछ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप