शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि

शनिबार, ०४ माघ २०७६, १५ : ३२
शनिबार, ०४ माघ २०७६

 काठमाडौँ । ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा बिगतका वर्षहरुमा जस्तै यसबर्ष पनि बिभिन्न कार्यक्रमहरुको अयोजना गरेको छ । 

सोही अवसरमा बैंकले शनिबार राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार प्रसारलाई समाबेस गरीे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

 “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका पदाधिकारीहरु, लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीर अस्पताल, जमल हुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

बैंकले काठमाडौँ उपत्यकामा मात्र नभएर काठमाडौ बाहिरका बिभिन्न ठाउँहरु बिराटनगर, नारायणघाट, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । बार्षिकोत्सवकै अवसरमा गत पौष १७ गते कान्तिपथ लगायत काठमाडौं बाहिरका मुख्य सहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ । 

२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । बैंकका २६६ शाखा, २५५ एटिएम, ३६ राजस्व संकलन तथा एक्टेन्सन काउण्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले  १८ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ ।

त्यस्तै बैंकले अष्टे«लिया युके, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका देशहरुबाट रेमिट्यान्स आप्रबाह मार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउदै  आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप