शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘भूकम्प सुरक्षा प्रदर्शनी’ मा जगदम्बा सिमेन्टको सहकार्य

शनिबार, ०४ माघ २०७६, १५ : ४४
शनिबार, ०४ माघ २०७६

काठमाडौँ । नेपाल सरकार र एनसेट नेपाल (नेसनल सोसाइटी फोर अर्थक्वेक टेक्नोलोजी–नेपाल) द्वारा गत माघ २ गतेदेखि ४ गते सम्म काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘भूकम्प सुरक्षा प्रदर्शनी’ कार्यक्रममा जगदम्बा सिमेन्टले सहकार्य गरेको छ । 

“भूकम्प प्रतिरोधात्मक सुरक्षित निर्माणमा साथ छ जगदम्बा सिमेन्टको” भन्ने मूल मर्मका साथ सो प्रदर्शनीमा जगदम्बा सिमेन्टले आफ्नो गुणस्तरीय उत्पादनको प्रदर्शनका साथसाथै कसरी सुरक्षित निर्माण बनाउने भन्ने बारे जानकारी समेत प्रदान गरेको थियो । 

सो क्रममा कुनै पनि संरचनाको निर्माण गर्दा उपयुक्त डिजाइन, गुणस्तरीय निमार्ण सामग्रीको छनोट र निर्माण कार्यमा कुशलतामा ध्यान दिनुपर्ने सो क्रममा जानकारी प्रदान गरिएको थियो । 

 “भूकम्प प्रतिरोधात्मक बनाउनुहोस आफ्नो नयाँ घर” पुस्तीका “जगदम्बा सिमेन्ट प्रयोग विधी” जस्ता पुस्तीकाहरु वितरण गरी आम उपभोक्तालाई सिमेन्ट, बालुवा, गिटी, पानी, छड लगायत निर्माणमा प्रयोग हुने वस्तुहरुको छनोट, भण्डारण सम्बन्धी जानकारी पनि दिइएको थियो । 

 जगदम्बा सिमेन्टले आफ्नो डिलरवर्ग, ग्राहकवर्ग, उपभोक्तालाई सूचित गर्न यस्ता जन उत्तरदायी कार्यक्रमहरुमा सदा लाग्ने र भूकम्प प्रतिरोधात्मक सुरक्षित निर्माण तथा सचेतना अभिवृद्घिमा सदैव प्रतिबद्ध रहने पनि प्रतिबद्धता जनाएएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप