शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा गोलीकाण्ड, चार जना मारिए

शनिबार, ०४ माघ २०७६, १८ : १२
शनिबार, ०४ माघ २०७६

लस एन्जेलस । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।
उताह राज्यमा शुक्रबार राती भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकिएको पनि प्रहरी अधिकारीहरुको भनाई छ ।  
प्रदेशको राजधानी सहर साल्ट लेक सिटीसँगै जोडिएको ग्रान्ट्सभिल्ले भन्ने ठाउँमा गोलीकाण्ड भएको हो ।  

घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घाइते पाँच जनाको अस्पतालमा उपचार भइरेको छ ।
  
आक्रमण गर्ने र पिडितहरु एउटै परिवारका हुन की होइनन् भन्ने अहिले यकिन भइनसकेको पनि प्रहरीले जनाएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप