शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुसमा एकसाथ २५ कार दुर्घटनामा परे

शनिबार, ०४ माघ २०७६, १८ : १४
शनिबार, ०४ माघ २०७६

मस्को।  रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ ।  यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

देशको उत्तरी कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार ती कारहरु दुर्घटनामा परेका आपतकालिन मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।  
कुहिरो तथा तुसारोका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थप विवरणका लागि घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप