बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढ विमानस्थलका लागि ज्युरिख एयरपोर्टसँग मागियो आशयपत्र

आइतबार, ०५ माघ २०७६, ०६ : ३७
आइतबार, ०५ माघ २०७६

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलमा रुख कटानको काम रोक्न अन्तरिम आदेश दिए पनि लगानी बोर्ड, नेपालले स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्ट इन्टरनेशनल (एजी)सँग आशयपत्र (आरएफपी) माग गरेको छ । 

शुक्रबार  सूचना सार्वजनिक गर्दै लगानी बोर्डले सो विमानस्थल विकास र सञ्चालनका लागि आगामी ४५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्ने गरी ज्युरिखसँग आशयपत्र माग गरेको हो । यसअघि यो विमानस्थल  सार्वजनिक निजी साझेदारी (पीपीपी मोडल)मा निर्माणका लागि बोर्डले गत असोज पहिलो साता नै ज्युरिखलाई संक्षिप्त सूचीमा राखेको थियो । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार ज्युरिखले ४५ दिनभित्र विमानस्थल निर्माणको आर्थिक र प्राविधिक दुवैको विस्तृत प्रस्ताव पेश गरिसक्नुपर्नेछ । यो समाचार आजको आर्थिक अभियानमा काशीराम बजगाईले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप