भारतमा आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै
अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा रहने बताएको छ । आईएमएफको ‘आर्टिकल फोर’ मिशन (जो प्रत्येक वर्ष नेपाल आउने गरेको छ) ले शुक्रवार पत्रकार सम्मेलनमार्फत यस्तो प्रक्षेपण गरेको हो ।
चालू आवको बजेटमार्फत सरकारले आर्थिक वृद्धि साढे ८ प्रतिशतको लक्ष्य राखे पनि छिमेकी मुलुक भारतमा आएको आर्थिक मन्दी, विप्रेषण आप्रवाहमा आएको कमी तथा कमजोर कृषि उत्पादनका कारण आर्थिक वृद्धिदर प्रभावित हुने निष्कर्ष आईएमएफले निकालेको छ ।
आईएमएफले चालू पूँजी खातातर्फको घाटा सुधार हुनु, कर्जा प्रवाहमा सुधार देखिनु तथा विदेशी मुद्राको सञ्चिति बढ्दै स्थायित्वतर्फ अग्रसर हुनु सकारात्मक भएको टिप्पणी गरेको छ ।
राजनीतिक स्थायित्व, विद्युत् आपूर्ति तथा पुनर्निर्माण गतिविधिमा सुधारका कारण पछिल्ला केही वर्षयता नेपालको अर्थतन्त्र सकारात्मक रूपमा विस्तार भएको आईएमएफले बताएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार