शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शीर्ष स्थानमा रियल, एथ्लेटिको स्तब्ध

आइतबार, ०५ माघ २०७६, ०७ : ४३
आइतबार, ०५ माघ २०७६

चौथो स्थानमा रहेको सेभियाबिरुद्ध २–१ को संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति रियलको घरेलु मैदान स्यान्टियागो बर्नेबाउमा भएको खेलमा ब्राजिलियन मिडफिल्डर कासिमेरोको दुई गोलको मद्दतले रियलले महत्त्वपूर्ण तीन अंक बटुल्न सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिए पनि दोस्रो हाफको ५७ औँ मिनेटमा लुका योभिचको पासमा कासिमेरोले रियललाई अग्रता दिलाए । तर, रियलको अग्रता लामो समय भने टिकेन । लगत्तै लुक डि योङले सेभियाका लागि बराबरी गोल फर्काए ।

तर, त्यसको पाँच मिनेटपछि नै कासिमेरोले लुकास भाज्क्वेसको क्रसमा हेडमार्फत गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।

यसअघि पहिलो हाफमा सेभियाको गोल भिडियो एसिस्टेन्ट रेफ्री (भार) को सहयोगमा रद्द भएको थियो ।

जीतपछि २० खेलबाट रियलले ४३ अंक बटुल्दै लिगको शीर्ष स्थानमा उक्लेको छ । यसअघि अंक बराबर रहेको बार्सिलोना तीन अङक्ले पछि पर्दै दोस्रो स्थानमा रहेको छ । तर, बार्साले एक खेल कम खेलेको छ ।

शनिबार नै भएको अर्को खेलमा उपाधि दाबेदार मानिएको एथ्लेटिको म्याड्रिड इबारसँग २–० गोलअन्तरले स्तब्ध बनेको छ । हारपछि एथ्लेटिको शीर्ष स्थानमा रहेको रियलभन्दा ८ अङ्कले पछि परेको छ ।

अन्य खेलमा आलाभेसले लेभान्तेलाई १–० ले हरायो भने ओसासुना र रियल भालाडोलिडले गोलरहित बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप