शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेब्युमै हालान्डको ह्याट्रिक

आइतबार, ०५ माघ २०७६, ०७ : ५९
आइतबार, ०५ माघ २०७६

आफ्नो डेब्यु खेलमा नै अर्लिङ ब्राउट हालान्डले ह्याट्रिक गरेपछि बोरुसिया डर्टमन्डले ३–१ ले पछि परेको स्थिति उल्टाउँदै एफसी अज्बर्गलाई ५–३ को गोलअन्तरले पराजित गरेको छ ।

रेड बुल साल्जबर्गका लागि २२ खेलबाट २८ गोल गरेपछि गत महिना १९ वर्षीय खेलाडी १.७१ करोड पाउन्डमा डर्टमन्डसँग आबद्ध भएका थिए । त्यस क्रममा उनले ५ ह्याट्रिक पनि गरेका थिए ।

डर्टमन्डका लागि पहिलो खेलमा उनी ५६ औँ मिनेटमा मैदानमा प्रवेश गर्दा टोली ३–१ गोलले पछि रहेको थियो ।

हालान्डले मैदानमा उत्रिएको तेस्रो मिनेटमा नै गोल गरे भने २३ मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीलाई अविस्मरणीय जीत दिलाए ।

म्यानचेस्टर युनाइटेड र युभेन्टसको रोजाइमा रहेका हालान्डले यो सिजनको च्याम्पियन्स लिगको समुह चरणमा आठ गोल गरेका थिए ।

जीतपछि डर्टमन्ड १८ खेलबाट ३३ अङ्क बटुल्दै लिगको चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको रेडबुल लेइपजिगसँग भने टोली अझै ७ अङ्कले पछि रहेको छ ।

शनिबार नै भएको लेइपजिगले युनियन बर्लिनलाई ३–१ गोलले पराजित गर्यो । अन्य खेलमा क्लोनले वुल्फसबर्गलाई समान गोलअन्तरले हरायो ।

उता, फ्राङ्कफर्टले होफेनहाइम र फ्रेइबर्गले माइन्जलाई समान २–१ गोलअन्तरले पराजित ग-यो । रेलिगेसनबाट जोगिन संघर्षरत वेर्डर ब्रेमेनले डुसेल्डोर्फमाथि १–० को जीत हासिल निकाल्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप